पाँच जना डीआईजी एआईजी बढुवामा सिफारिस, पहिलो नम्बरमा परे कुँवर

Nepal police officer aig

काठमाडौं । नेपाल प्रहरीका ५ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी० मा बढुवा गर्न गृह मन्त्रालयले सिफारिस गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशन पछि बढुवा समितिको बैठकले उम्मेदवार सूचीको नाम टुंग्याउँदै पाँच जना डीआईजीको सिफारिस गरेको हो ।
बढुवा सिफारिस हुने डीआईजीहरुमा क्रमशः बसन्त बहादुर कुबर, टेकप्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य छन् । बढुवा सिफारिसको १ नम्बरमा डीआईजी कुँवर छन् । दोस्रोमा राई, तेस्रोमा थापा, चौथो ज्ञवाली र पाँचौं नम्बरमा बज्राचार्य छन् ।

भावी प्रहरी महानिरीक्षक चयन हुनु १५ दिन अघि उनीहरु एआईजीमा बढुवा भएका हुन् । अहिलेको ३० वर्षे सेवा अवधि कायमै रहे प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह ११ चैतबाट अनिवार्य अवकाशमा जानेछन् । त्यसपछि अहिले एआईजी भएका ५ जनामध्येबाटै आईजीपी छनौट हुनेछ ।

यद्यपि, अहिलेका महानिरीक्षक सिंहले ३० वर्षे सेवा अवधि हटाएर जागिर लम्ब्याउन लबइङ गरिरहेका छन् । उनको यही प्रयासका कारण ५ एआईजीको दरबन्दी रिक्त हुँदाहुँदै पनि बढुवा भएको थिएन । आज ९शुक्रबार० पनि बढुवा नभएको भए डीआईजीबाटै आईजीपी चयन गर्नुपर्ने अवस्था आउन सक्थ्यो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...