बबिन्स क्याफेमा मःमः मगाएर वेटरलाई टिप्स दिएर फर्किन्थे माधव नेपालका भाई
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालका भाइ सरोजकुमार उपाध्यायको निधन भएको छ । उपाध्याय साढे २ बजे शंखमुलको बबिन्स क्याफेको छैटौँ तलाबाट खसेका थिए । उनको उपचारका क्रममा साढे ५ बजे निधन भएको थियो ।
उपाध्यायले आत्महत्या गरेको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ । झन्डै पाँच फिट अग्लो रेलिङ रहेको रेस्टुरेन्टको टेबलमाथि चढेर उनी हाम फालेको देखिएकाले यो दुर्घटना भन्दा पनि नियतवस आत्महत्या देखिने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।
उपाध्याय लगातार तीन दिनदेखि सोही रेष्टुरेन्टमा जाने गरेको रहस्य पनि खुलेको छ । गत मंगलबारदेखि शंखमूलस्थित बबिन रेष्टुरेन्टमा जाँदै आएका उपाध्याय केही कुरा गर्दैनन् थिए । कफी र चुरोट मगाउँथे । अपरान्ह एक प्लेट मःमः मगाएर खाएपछि वेटरलाई टिप्स दिएर फर्किने उनको दिनचर्या रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
उनी शनिबार साँझ रेष्टुरेन्टको छतबाट खसेपछि घाईते भएका थिए । स्थानीयले माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमामा उपचारार्थ लगिए पनि उनको निधन भएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी दानबहादुर कार्कीका अनुसार टेबलमाथि चढेर उपाध्यायले होटलको छतबाट हाम फालेको देखिन्छ । तर, खम्बरमा टाँगिएका तारमा अल्झेर मात्रै उनी भुइँमा बजारिएका थिए । घटनाबारे घटनाबारे छानबिन भइरहेको जानकारी एसएसपी कार्कीले दिए ।
उपाध्यायलाई सुरुमा सिभिल अस्पताल लगिएको थियो । एसएसपी कार्कीले भने, ‘हामी अनुसन्धानमै छौँ ।’ पेशाले इन्जिनियरसमेत रहेका उपाध्याय पछिल्लो समय नेकपा एकीकृत समाजवादीको राजनीतिमा सक्रिय थिए ।
प्रतिकृया दिनुहोस