महिला एकता समाजको अध्यक्षमा मंसिरी माया राई चयन
धनकुटा । नेपाल महिला एकता समाज धनकुटा जिल्ला समितिको सातौं अधिबेशन सम्पन्न भएको छ ।
सो अधिवेसनले अध्यक्षमा मंसिरी माया राई, उपाध्यक्षमा सुकमाया बिक, सचिवमा सचेता आठपहरिया, सहसचिवमा दिलमाया मगर र कोषाध्यक्षमा कल्पना बिकलाई चयन गरेको छ ।
नेपाल महिला एकता समाज केन्द्रीय समितिको कोषाध्यक्ष सीता मगरको प्रमुख आतिथ्यतामा भएको सो सातौं अधिवेसनमा राष्ट्रिय भुमि आयोग धनकुटाका अध्यक्ष बलबहादुर राई, धनकुटा नगरपालिका वडा नं. ४ का वडाध्यक्ष जम्शेर छारा, नेपाल बसोबास संरक्षण समाजका बिमला विक, नेपाल महिला एकता समाज सुनसरी जिल्लाका अध्यक्ष मैयाँ श्रेष्ठ, सदस्य नरू राई लगायतले अधिकारका लागि पनि महिलाहरु एमजुट हुनुपर्नेमा जोड दिए ।
प्रतिकृया दिनुहोस