नागरिकता विवाद बल्झिदाँ डीआईजी अशोक सिंहले दिए राजीनामा, ३ जना एआईजीको दौडमा

Ashok sing

काठमाडौँ । नेपाल प्रहरीका डीआईजी अशोक सिंहले राजीनामा बुझाएका छन् । डीआईजी सिंहले प्रहरी प्रधान कार्यालयमा राजीनामा बुझाएका हुन् । डीआईजी सिंहको उमेर विवादका कारण राजीनामा दिएका हुन् । २०४२ जेठ २२ मा जारी उनको नागरिकतामा सिंहको उमेर १८ वर्ष उल्लेख गरिएको छ ।

शैक्षिक योग्यताको प्रमाणपत्रमा सिंहको जन्ममिति २०२५ साल पुस १६ उल्लेख छ । सिंह प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाको प्रतिस्पर्धामा थिए । सिंहको राजीनामासँगै अब भावी आईजीपीको दौडमा डीआईजी वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा मुख्य प्रतिष्पर्धी देखिएका छन् ।

हाल एआईजीमा बढुवा हुनेमध्येबाटै भावी महानिरीक्षक चयन हुन्थ्यो । बढुवाका लागि रस्साकस्सी चलिरहेका बेला सिंहको नागरिकता र प्रहरी सिटरोलमा रहेको उमर फरकफरक भेटिएपछि प्रहरी प्रधान कार्यालयले आन्तरिक छानबिन थालेको थियो ।

सिंहले पेश गरेको २२ जेठ २०४२ मा जारी नागरिकता प्रमाण पत्रको प्रतिलिपिमा उनको उमेर १८ वर्ष उल्लेख छ । जिल्ला प्रशासन कार्यालय, कैलालीबाट जारी नागरिकता अनुसार उनको जन्ममिति २०२४ हुनुपर्ने हो । प्रहरी प्रधान कार्यालयको विवरणमा उनको नागरिकता अनुसार उनको जन्ममिति २२ जेठ २०२४ हुने उल्लेख छ ।

प्रहरी नियमावली २०७१ मा सेवा प्रवेश गर्दा सम्बन्धित व्यक्तिले पेश गरेको नागरिकता प्रमाण पत्रमा वर्ष वा संवत् मात्रै उल्लेख भए नागरिकता र शैक्षिक प्रमाण पत्र जारी भएको मितिलाई जन्मको मिति र गते कायम हुने भनिएको छ । सिंहको शैक्षिक प्रमाण पत्रमा जन्ममिति १६ पुस २०२५ जन्ममिति उल्लेख छ ।

प्रहरी नियमवालीमा सेवा प्रदेश गर्दा सम्बन्धित व्यक्तिले लिएको नागरिकताको प्रमाण पत्र, शैक्षिक योग्यताको प्रमाण पत्र र वैयक्तिक विवरण सबैमा एउटै मिति नभए जुन मितिबाट पहिले अवकाश हुन्छ, सोही मितिका आधारमा हिसाब हुने भनिएको छ ।

यस अनुसार नागरिकताको उमेर कायम भएको भए सिंहले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को उमेर हदका कारण २२ जेठ २०७९ मै अवकाश पाउनुपर्ने हो । तर, सिटरोलमा शैक्षिक प्रमाण पत्रको उमेर उल्लेख भएका कारण सिंह डीआईजीमा बढुवा भएका थिए । सिंहले चाहिँ प्रतिष्पर्धामा आफू अगाडि देखिएपछि प्रतिसोध साँधिएको दाबी गर्ने गरेका थिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...