रायमाझीले त्यागे एमाले, माओवादीमै फर्किने तयारी
धनकुटा । माओवादी त्यागी नेकपा एमालेमा प्रवेश गरेका धनकुटाका नेता मनोज (सन्दिप) रायमाझीले अन्ततः नेकपा एमाले परित्याग गरेका छन् ।
नेकपा एमालेको धनकुटा जिल्ला कमिटी सचिवालय सदस्य रायमाझीले एमालेमा काम गर्दै जाँदा नेकपाको निरन्तरताको महसुस गर्न नसकिएको भन्दै साधारण सदस्य समेत नरहने गरी नेपाल एमाले पाटी परित्याग गरेको घोषणा गरेका हुन् ।
उनले विज्ञप्तीमा २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र) र नेकपा एमाले विच वाम गठवन्धन हुँदै पार्टी एकता भई नेकपाको विभिन्न जिम्मेवारी सम्हालेर काम गर्दै आएको र नेकपा विभाजन पश्चात नेकपाकै निरन्तरता भनिएकाले नेकपा एमाले प्रवेश गरी स्थानीय तह प्रदेश र संघको निर्वाचनमा इमान्दार पूर्वक आफ्नो भूमिका निर्वाह गरेको तर पार्टीमा काम गर्दै जाँदा नेकपाको निरन्तरताको महसुस गर्न नसकिएको उल्लेख गरेका छन् ।
उनी धनकुटा नगरपालिका वडा नं। ९ मा नेकपा एमालेबाट उम्मेदवार भई वडा सदस्यमा निर्वाचित भएका थिए । उनी जनयुद्धकालमा बाल्यकालदेखि नै होमिएका थिए । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा अत्याधिक मतसहित वडाध्यक्षमा विजयी भएका रायमाझीले एमालेमा प्रवेश गरेपछि पनि त्यति सन्तुष्ट थिएनन् ।
रायमाझीले एमाले परित्याग गरे पनि कुन पार्टीमा प्रवेश गर्ने केही खुलाएका छैनन् । तर, उनका पछिल्लो राजनीतिक गतिविधीले भने नेकपा माओवादी केन्द्रमै फर्किने देखिएको छ ।
प्रतिकृया दिनुहोस