प्राधिकरणले रोक्यो गुण एयरलाइन्सका सबै विमानको उडान

Guna

काठमाडौं । सरकारले गुण एयरलाइन्सको विमानहरुको उडान रोक्ने निर्णय गरेको छ । गुणका ७ वटै विमानले सोमबारदेखि नै उडान भर्न नपाएका हुन् ।

कर्मचारीलाई तलब समेत दिन नसकेकाले हवाई सुरक्षा पक्षमा प्रभाव पर्ने जोखिम रहेको ठहर गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले गुणका विमानहरुलाई उड्न नदिने निर्णय गरेको छ ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलका अनुसार कम्पनीले कर्मचारीको सेवा सुविधा समयमै दिन सकेको छैन । आर्थिक संकटबाट जुधिरहेको कम्पनीले सेवा दिंदा कर्मचारीको मनोविज्ञान सुरक्षामैत्री हुन नसक्ने देखिएकाले उडान बन्द गरिएको निरौलाले बताए ।

‘तलब नपाएका कर्मचारीले राम्रोसँग काम नगर्न सक्छन्, तलब समेत नपाएको मनोविज्ञान रहेको अवस्थामा हवाई सुरक्षामा जोखिम बढी हुनसक्छ,’ प्रवक्ता निरौलाले भने, ‘त्यसैकारण अहिलेलाई उडान गर्न नदिने निर्णय गरेका हौं ।’

सिम्रिक एयरलाइन्सका विमानहरु किनेर गुण एयरलाइन्सले हवाई सेवा दिंदै आएको थियो । आर्थिक संकटका कारण कम्पनी विभिन्न पक्षलाई तिर्नुपर्ने दायित्व पनि बढेको सूचना प्राधिकरणका पुगेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...