कांग्रेस नेता चन्द्र भण्डारीलाई थप उपचारका लागि लगियो भारत

Chandra bhandari.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य डा। चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लगिएको छ । ग्यास सिलिन्डर विष्फोट भएर गम्भीर घाइते भएका नेता भण्डारीलाई एयर एम्बुलेन्समार्फत् मुम्बईको नेशनल बर्न सेन्टर लगिएको हो ।

श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत् भारतको मुम्बईस्थित नेसनल स्किन वर्न अस्पताल उपचारका लागि लगिएको हो । उनको नेपालमा यथोचित उपचार सम्भव नभएपछि कृतिम स्वासप्रश्वास दिएर त्यसतर्फ लगिएको हो ।

उनीसँगै क्रिटिकल केयर हेड डा. प्रदीप तिवारी, एनेस्थेसिया क्रिटिकल केयर डा.वृहस्पति, फ्लाइट डाक्टर इएमएस रोसन शर्मा, प्यारामेडिक्स इआर दिनेश राई, सागर महर्जन र राज तामाङ गएका हुन् ।

काठमाडौंको बुद्धनगरस्थित घरमा गएराति ग्यास सिलिन्डर विस्फोट हुँदा नेता भण्डारी आमासँगै घाइते भएका थिए । विस्फोटमा परी गम्भीर घाइते भएकी उनकी आमा हरिकलाको उपचारका क्रममा किर्तिपुर अस्पतालमा निधन भइसकेको छ ।

ग्यास सिलिन्डर विस्फोट र आगोबाट जलेर घाइते भएका उनीहरु दुवैजनालाई तत्कालै कीर्तिपुर अस्पतालमा लगिएको थियो । कांग्रेसका नेता भण्डारी गुल्मी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...