सांसद भण्डारीलाई थप उपचारका लागि भारत लैजान चिकित्सिकको सुझाव

Chandra bhandari.jpg

काठमाडौं । खाना पकाउने ग्याँस सिलिण्डर विस्फोटबाट घाइते भएका नेपाली कांग्रेस सांसद चन्द्र भण्डारीको भारतमा लगेर उपचार गर्न चिकित्सकहरुले सिफारिस गरेका छन् ।

सांसद भण्डारीको २५ प्रतिशत शरीरको भाग जले पनि फोक्सोमा समेत असर परेकाले थप उपचारका लागि भारत लैजान चिकित्सकले सिफारिस गरेका हुन् ।गएराति बुद्धनगरस्थित निवासमा ग्याँस सिलिण्डर विस्फोट हुँदा भण्डारी आमा–छोरा जलेर घाइते भएका थिए । उनीहरुलाई राति नै कीर्तिपुर अस्पतालमा लगिएको थियो । उनीहरुको आईसीयूमा राखेर उपचार भइरहेको छ ।

अस्पतालकी मेडिकल डाइरेक्टर निजिमा ताम्राकारका अनुसार सांसद भण्डारीको २५ देखि ३० प्रतिशत र उनकी आमाको ७० प्रतिशत शरीरको भाग जलेको छ । उनका अनुसार आमाको अन्य रोग पनि भएकाले अवस्था जटिल छ ।

आमाको तुलनामा सांसद भण्डारीको शरीरको कम भाग जले पनि बन्द कोठाभित्रको धुँवा फोक्सोसम्म पुगेकाले उनको अवस्था पनि गम्भीर रहेको तुलाधर बताइन् ।

आफूहरुले एयर–वे म्यानेज लगायतका काम गरेर उपचार गरिरहेको जानकारी दिंदै उनले भारतमा लगेर उपचार गर्न सिफारिस गरेको जानकारी दिइन् । ‘उहाँलाई गाह्रो भएकाले इण्डियातिर उपचार गर्न सल्लाह पनि दिएको छ,’ मेडिकल डाइरेक्टर ताम्राकारले भनिन्, ‘यति डिप वर्न नेपालमा अलि सहज छैन ।’

 

ग्यास सिलिल्डर विस्फोट हुँदा कांग्रेस नेता भण्डारी र उनकी आमा घाइते, कीर्तिपुरमा उपचार हुँदै

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...