भृकुटीमण्डपमा आठौँ बृहत् राष्ट्रिय छाला जुत्ता प्रदर्शनी सुरु

Jutta mela suru

काठमाडौं । ‘कला र कौशल हाम्रो, नेपाली ब्राण्ड नै राम्रो’ भन्ने मूल नाराका साथ काठमाडौँको भृकुटीमण्डपमा ‘आठौँ बृहत् राष्ट्रिय छाला जुत्ता तथा वस्तु प्रदर्शनी सुरु भएको छ ।

नेपाल छाला जुत्ता उत्पादक संघको आयोजनमा भएको सो मेलाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले उद्घाटन गरिन् । मेलाको उद्घाटन गर्दै मन्त्री भगवती चौधरीले नेपाली छाला जुत्ता उद्योगीहरूलाई प्रोत्साहन गरी उत्पादन बढाउने पक्षमा सरकार रहेको बताइन् ।

‘नेपाली कच्चापदार्थ प्रयोग गरेर उत्पादनमा आत्मनिर्भर हुनाका साथै निर्यातका लागि पनि सम्भावना भएको क्षेत्र जुत्ता चप्पल उद्योग नै हो । यसमा नयाँ प्रविधि र आधुनिकतासँगै गुणस्तर पनि कायम गर्न आवश्यक छ’, मन्त्री चौधरीले भनिन्, ‘नेपाली उद्योगलाई प्रोत्साहन गर्न बजारीकरणमा पनि विशेष ध्यान पुर्याउनुपर्छ ।’

सो कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष, नेपाल चेम्बर अफ कर्मसका उपाध्यक्ष ,घरेलु तथा साना उद्योग कार्यलयका प्रमुख लगायतको उपस्थीती रहेको रहेको थियो ।

सो प्रर्दशनीमा नेपाली साना घरेलु तथा लघु उद्योगहरुलाई बैज्ञानीक रुपले आधुनीकीकरण गर्दै भबिष्यमा बिदेशी बजारमा समेत सुपरीचित गराउदै राष्ट्रिय अर्थतन्त्रमा आमुल परिवर्तन ल्याउने लक्ष्य रहेको आयोजकको दावी छ । सो मेलामा करीब ८० हजार दर्शक भित्राउने लक्ष्य लिइएको छ ।

सो मेलामा नेपाली उत्पादनमा आत्म निर्भर गराउने लक्ष्य रहेको छ । साथै पछिल्ला उत्पादनहरु भन्दा नितान्त नयाँ मोडलका आधुनिक जुत्ता, चप्पल तथा छाला जन्य वस्तुहरु प्रर्दशन गरिने छ ।

गुणस्तरीय कच्चा पदार्थ तथा दक्ष जनशक्ती प्रयोग गरि उत्पादन गरीएका जेन्स, लेडीज, बच्चाका जुत्ताहरु, लगायत अल्लो तथा हेम्पद्धारा निर्मित बस्तुहरु पनि प्रर्दशन तथा बिक्री बितरण गरिने आयोजकको भनाई छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...