कालीगण्डकीमा खस्यो बस, २ भारतीयसहित १७ जना घाइते

Mustang bus accident

पोखरा । मुस्ताङ जोमसोमदेखि पोखराका लागि छुटेको बस थासाङ गाउँपालिका -३ मा कालीगण्डकीमा खस्दा २ भारतीयसहित १७ जना घाइते भएका छन् ।

मुस्ताङको थासाङ गाउँपालिका धम्पु भन्ने ठाउँमा सडकबाट बस कालीगण्डकीमा खसेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार ना ७ ख ७४४० नम्बरको बस मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर ३ स्थित धम्पुमा दुर्घटनाग्रस्त भएको हो ।

कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी-जोमसोम सडकखण्डमा दुर्घटना भएको हो । बस कालीगण्डकीमा खसेको प्रहरीले जनाएको छ । बस बदीमा खस्दा बसमा सवार सबै जना घाइते भएको र २ जनाको अवस्था गम्भीर रहेको प्रहरी नायव उपरीक्षक (डीएसपी) रविन्द्रनाथ पौडेलले जानकारी दिए ।

बस करिब ४५ मिटर तल खसेको थियो । घाइतेहरूलाई उपचारका लागि नजिकै रहेको लेते अस्पताल लगिएको छ । दुर्घटनामा पर्नेहरु घुम्न गएका पर्यटक र स्थानीयहरू समेत छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...