सरकारले भन्यो, लोत्से मलमा मोबाइल र सामग्री लुट्नेलाई खोजीखोजी कारवाही गर्नु

Todfod buspark lotesmall

काठमाडौं । गृहमन्त्रालयले सोमबार काठमाडौंको गोंगबु क्षेत्रमा प्रदर्शनको क्रममा लोत्से मलमा तोडफोड गरी मोबाइल लगायतका सामग्री लुट्नेहरुलाई पक्राउ गरी कारबाही चलाउन प्रहरीलाई निर्देशन दिएको छ ।

उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले आन्दोलन गर्ने यातायात मजदुरलाई छाड्न र मोबाइल पसलमा चोरी गर्नेलाई कारबाही गर्न निर्देशन दिएका छन् ।

मन्त्री श्रेष्ठले यातायात मजदुर र यातायात व्यवसायीसँग छलफल गरी आन्दोलनका क्रममा प्रक्राउ परेकालाई छाड्ने र चोरी गर्ने जो कसैलाई पनि कारबाही गर्न प्रहरीलाई निर्देशन दिएका हुन् ।

यातायात व्यावसायी र मजदुरहरुले गरेको प्रदर्शन भड्किएपछि लोत्से मलमा लुटपाट चलेको थियो । प्रदर्शनकारीहरुले पसल तोडफोड गरेर मोबाइल लगायतका सामग्री लुटेका थिए ।

प्रदर्शनका क्रममा प्रहरीको भ्यान र अन्य भवनहरु समेत तोडफोड भएकाले त्यसमा संलग्नलाई पनि कारबाही गर्ने गृहमन्त्रालयले निर्देश गरेको छ । सोमबार भएको प्रदर्शनलाई नियन्त्रण लिने सवालमा प्रहरीको तर्फबाट पनि समन्वय र स्थितिको आकलन गरी तत्काल लिनुपर्ने रणनीतिबारे कमजोरी भएकोले त्यसबारे पनि गृहले प्रहरी अधिकारीहरुसमक्ष चासो राखेको छ ।

यातायात मजदुरले आन्दोलनका क्रममा लुटपाट लगायतको घुसपैठ भई भएको मन्त्रीलाई जानकारी गराएका थिए । व्यवसायीले आन्दोलनको जिम्मेवारी लिए पनि चोरी लुटपाटमा सरकारले कारबाही गर्न सक्ने बताएका थिए ।

यातायात मजदुरले गोंगबु बसपार्कको व्यवस्थापन गर्दै आएको ल्होत्से बहुउद्देश्यीय प्रालिका पंकज मल्ललगायतलाई कारबाही गर्न आग्रह गरेका छन् । उनीहरुले सोमबार शान्तिपूर्ण आन्दोलनमा गुन्डा लगाएको बताउँदै प्रहरीको गाडी आगजनी लगायतको काम गरेका छन् ।

प्रहरीले यातायात मजदुरलाई कुटपिट र पक्राउ गरेको भन्दै मंगलबार काठमाडौंमा सबै गाडी ठप्प पारेका थिए । मजदुर कुटपिट गर्नेलाई कारबाही गर्ने बताएका छन् । हालसम्म आपराधिक क्रियाकलापमा संलग्न १० जनालाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...