‘सेज’ मा निर्माणाधीन भवन भत्कँदा २ जना घाइते, सह-ठेकेदार पक्राउ

Sej hall vatkiyo

बारा । विशेष आर्थिक क्षेत्र प्राधिकरण सिमरा ‘सेज’ मा निर्माणाधीन भवन भत्कँदा २ जना घाइते भएका छन् । घाइते हुनेमा मोरङको सुनबारी नगरपालिका वडा नं ६ बस्ने २० वर्षीय अर्जुन मुर्मुरे र २६ वर्षीय मोहन मुर्मुरे छन् ।

हलको छत भत्किएपछि प्रहरीले सह ठेकेदार इटहरीका ४५ वर्षीय प्रदिप बदगाईलाई पक्राउ गरेको छ । उनीहरूको सिमरास्थित तराई अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय बाराका प्रहरी निरीक्षक रूद्र कँडेलले जानकारी दिए ।

करिब ९ करोडको लागतमा प्रदर्शनी हल निर्माण भइरहेको छ । पिलरको उचाइ बढी हुँदा ढलान भएको भवनको टेकोमा समस्या आएर भत्किएको सिमरा सेजका इन्जिनियर यज्ञराज जोशीले बताए ।

स्थानीयले ठेकदारको लापरबाहीले निर्माणाधीन भवन भत्किएको आरोप लगाएका छन् । प्रदर्शनी हल निर्माणको जिम्मा प्रतिष्ठा निर्माण कम्पनीले लिएको छ । हल एक हजार २५० वर्ग मिटरको बन्ने सम्झौतामा उल्लेख छ । उद्योगका लागि आवश्यक भौतिक संरचना निर्माणमा सेजले पाँच अर्बभन्दा बढी खर्च गरिसकेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...