भेटघाटको रफ्तारमा भारतीय विदेश सचिव क्वात्रा, पुगे माधवकुमार नेपाललाई भेट्न निवासमा

Madav nepal qwatra vet

काठमाडौं । दुईदिने औपचारिक भ्रमणमा सोमबार काठमाडौं आएका भारतीय विदेशसचिव विनयमोहन क्वात्राले पहिलो दिन शीर्ष राजनीतिक नेतृत्वसँग शृंखलाबद्ध भेटवार्ता गरेका छन् । सोही क्रममा क्वात्राले आज पनि भेटघाटलाई तीव्र बनाएका छन् ।

भारतीय विदेश सचिव विनयमोहन क्वात्रा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् । नेपाल निवासमा आज बिहान भएको भेटमा पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा कुराकानी भएको छ ।

हिजो काठमाडौं उत्रिएलगत्तै भेटवार्तामा जुटेका विदेशसचिव क्वात्राले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री डा। विमला राई पौड्याल, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओलीसँग छुट्टाछुट्टै भेट गरेका थिए ।

उनले आजै लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके राउत) लगायतलाई भेटने कार्यक्रम तय भएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ । क्वात्रा आजै फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

क्वात्रा काठमाडौं ओर्लिएलगत्तै दुई देशबीच सचिवस्तरीय वार्तासमेत भएको थियो । वार्तामा नेपालले भैरहवाको गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि हवाई रुट दिन प्रस्ताव गरेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...