सिंहदरबारमा सरकार, यातायात मजदुर र व्यवसायीको वार्ता शुरु, आन्दोलन भने जारी

Majdur aandolan balaju

काठमाडौं । आन्दोलनरत यातायात व्यवसायी र सरकारबीचको वार्ता केहीबेर अघि सुरु भएको छ ।

सरकारले हिजो मात्रै आन्दोलनरत मजदुर संगठनका नेतालाई वार्ता र संवादमा बोलाएको थियो । बालाजु बसपार्क आसपासमा हिजो भएको तोडफोड आगजानीको घटनापछि आज सवारी सेवा ठप्प पारिरकेका आन्दोलनकर्तालाई सरकारले वार्तामा बोलाएपछि वाता शुरु भएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको वार्तामा उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसहित मन्त्रालयका सचिव, ट्राफिक प्रहरी प्रमुख मीरा चौधरी लगायतको सहभागिता छ । यस्तै यातायात व्यवसायी, मजदुर सङ्गठनहरूको समेत उपस्थिति छ ।

नेपाल स्वतन्त्र यातायात मजदुर संगठनका अध्यक्ष भीम ज्वाला राईले विभिन्न १० बुँदे मागका विषयमा छलफल भइरहेको बताए । वार्तामा बढाइएको ट्राफिक जरिवानालगायत मागहरू र आन्दोलन फिर्ता गर्ने विषयमा छलफल केन्द्रित भएको छ । दुई सातादेखि आन्दोलनरत यातायात व्यवसायीले आज सार्वजनिक यातायात बन्दको घोषणा गरेका छन् । 

उक्त घटनाप्रति उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । आन्दोलनको सन्दर्भ र त्यसको समाधानबारे छलफल गरी उचित निष्कर्ष निकाल्न मन्त्री श्रेष्ठले यातायात मजदुर र व्यवसायी प्रतिनिधिहरूलाई बिहान मन्त्रालयमा बोलाएकाथिए । सरकार मजदुर अधिकार र यातायात व्यवसायीको हितका पक्षमा रहेको तथा मजदुर र व्यवसायी संगठनहरूले दिएको सुझाव समेतको आधारमा यातायात क्षेत्रको समस्या समाधान गर्न मन्त्रालयले कार्यदल नै बनाइसकेको छ।

यातायात व्यवस्था विभागका महानिर्देशक तुलसीनाथ गौतमको संयोजकत्वमा यातायात व्यावसायी र यातायात मजदुर सम्मलित कार्यदल आइतबार नै गठन भएको छ। कार्यदलले आफ्नो काम अगाडि बढाइसकेको मन्त्रालयले जनाएको छ ।

यता, बिहान काठमाडौंमा सार्वजनिक यातायात चलेका छैनन् । यातायात नचल्दा यात्रुहरु भने मर्कामा परेका छन् । केही रुटमा छिटफुट रुपमा यातायात चले पनि मुख्य रुटमा भने सार्वजनिक यातायातका साधन चलेका छैनन् ।

सोमबार आन्दोलनरत यातायात मजदुरले बालाजु बाइपास क्षेत्रमा प्रहरीको भ्यान तथा अस्थायी प्रहरी बिटमा आगजनी गरेका थिए। सोमबार अपराह्न उक्त क्षेत्र तनावग्रस्त बन्न पुगेको थियो ।

ट्राफिक प्रहरीले वृद्धि गरेको जरिवानाविरुद्ध नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, अखिल नेपाल यातायात मजदुर सङ्घ र नेपाल यातायात मजदुर सङ्घ आन्दोलित भएको हो । पहिलो पटककै गल्तीमा १५ सय रुपैयाँ जरिवाना तिर्नु पर्ने नयाँ नियमलगायतको विरोधमा यातायात मजदुर तथा व्यवसायीहरु आन्दोलित भएका हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...