यातायात मजदुरको आन्दोलनले काठमाडौं ठप्प, मारमा परे सर्वसाधाण

Ktm sadak andolan yatayat

काठमाडौं । यातायात मजदुरहरुले गरेको आन्दोलनका कारण काठमाडौं उपत्यकामा सवारी ठप्प भएका छन् । उपत्यकाभित्र अहिले कुनै पनि सवारी साधन चलेका छैनन् भने शैक्षिक संस्थाहरु पनि खुलेका छैनन् ।

सरकारले आफूहरूसँग गरेको सहमति पालना नगरेको भन्दै सोमबार आन्दोलनमा उत्रिएमा यातायात व्यवसायीले आज सार्वजनिक यातायात बन्द आह्वान गरेका हुन् ।

अहिले उपत्यकामा सार्वजनिक यातायात चलेको छैन। फाटफुट निजी सवारी भने सञ्चालन भएको छ । सार्वजनिक यातायात नचल्दा उपत्यकाका सर्वसाधारणले सास्ती व्यहोर्न परेको छ ।

अचानक भएको सवारी ठप्पका कारण हजारौँ यात्रुहरू अलपत्र परेका छन् । यसको प्रत्यक्ष मारमा शैक्षिक संस्थाहरू परेका छन् । विद्यालयहरूले एसएमएस पठाउँदै आज शैक्षिक संस्था सञ्चालन हुन नसक्ने सन्देश विद्यार्थीहरूलाई पठाइरहेका छन् ।

बन्दमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघ संलग्न छन् । उनीहरुले हिजो काठमाडौंको बालाजु क्षेत्रमा गरेको विरोध प्रदर्शनमा तोडफोड र आगजनीसमेत भएको थियो ।

सोमबार दिउँसोदेखि सुरु भएको आन्दोलनमा भिड उत्तेजित हुँदै बसपार्क क्षेत्रमा रहेको ल्होत्से मलभित्रै प्रवेश गरेर त्यहाँका मोबाइल पसलसहितका केही पसलमा तोडफोड गरेको थियो । उत्तेजित भीडले माछापोखरीमा सडकमै प्रहरीको दुईवटा गाडीसमेत जलाएको थियो ।

बालाजु बसपार्क आसपासमा हिजो भएको तोडफोड आगजानीको घटनापछि आज सवारी सेवा ठप्प पारिरकेका आन्दोलनकर्तालाई सरकारले वार्तामा बोलाएको छ । यद्यपि अहिलेसम्म वार्ता शुरु भएको छैन । यातायात विभागका महानिर्देशक तुल्सी गौतमका अनुसार आन्दोलनरत यातायात मजदुरलाई बिहान ८ बजे वार्ताका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बोलाइएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...