सरकारले आन्दोलनरत यातायात मजदुरलाई भन्यो, तत्काल वार्तामा आउ

Yatayat aandolan 1

काठमाडौं । दिनभर काठमाडौंको बालाजु क्षेत्रमा प्रदर्शन गरेको यातायात मजदुरलाई सरकारले वार्तामा बोलाएको छ । सोमबार विभिन्न माग राख्दै यातायात मजदुरका संघ, संगठनहरुले बालाजु बसपार्क क्षेत्रमा आन्दोलन गरेपछि विभागले वार्ता आह्वान गरेको हो ।

उपप्रधान एवम भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले यातायता मजदुरको आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आन्दोलनरत मजदुरलाई वार्तामा बोलाएका हुन् । 

सरकार मजदुर अधिकार र यातायात व्यवसायीको हितका पक्षमा रहेको तथा मजदुर र व्यवसायी संगठनहरूले दिएको सुझाव समेतको आधारमा यातायात क्षेत्रको समस्या समाधान गर्न मन्त्रालयले कार्यदल नै बनाइसकेको छ ।

विभागका महानिर्देशक गौतमको संयोजकत्वमा यातायात व्यावसायी र यातायात मजदुर सम्मलित कार्यदल आइतबार नै गठन भएको छ । कार्यदलले आफ्नो काम अगाडि बढाइसकेको मन्त्री श्रेष्ठको निजी सचिवालयले जानकारी दिएको छ ।

आन्दोलनले समस्या समाधान नगर्ने बरु थप बल्झाउने सम्भावना हुने भन्दै अत्यावश्यकीय सार्वजनिक यातायात सेवालाई कुनै अवरोध नगरी वार्ता गर्न र त्यसमार्फत समस्याहरुको समाधन खोज्न अपील गरेको छ ।

विभागका महानिर्देशक तुल्सी गौतमले सबै समस्याहरु वार्तामार्फत समाधान गर्न सकिने भन्दै आन्दोलनका कार्यक्रम स्थगित गरेर मंगलबार विहान ८ बजे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा वार्ताका लागि आउन आन्दोलनरत पक्षलाई आह्वान गरिएको बताए ।

‘सबै पक्षलाई संयमित हुन आग्रह गर्छौं, पूर्वघोषित तथा अघोषित सबै मागहरुबारे हामी छलफल गर्न तयार छौं,’ उनले भने, ‘वार्ताबाट नै समस्याको समाधान गर्न सकिनेमा सरकार विश्वस्त छ ।’

‘सार्वजनिक सवारीको सेवालाई मर्यादित र व्यवस्थित गर्न सरकार प्रतिवद्ध छ, यातायात मजदुरको हितका विषयमा पनि सरकार छलफल र संवाद गर्न तयार छ’, उनले भने, ‘मागका बारेमा पनि छलफल गर्न सकिन्छ, आन्दोलन छाडेर संवादमा आउन आग्रह गर्छौं ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...