एमालेका केन्द्रिय सदस्य प्रसाईको अभियानमा पूर्व राजपरिवार सहभागी, ज्ञानेन्द्र शाहले गरे अभियानको शुरुवात

Gyanendra shaha durga prasai

झापा । नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईले शुरु गरेको ‘धर्म,संस्कृति र नागरिक बचाऊ महाअभियान’ मा पूर्व राजा ज्ञानेन्द्र शाह सहभागी बनेका छन् ।

मेची पुलमा पूर्वराजा शाहले दीप प्रज्वलन गरेर सोमबार महाअभियानको उद्घाटन गरे । प्रसाईले पूर्वराजा शाह, युवराज पारस शाह र उनको परिवारका सदस्यहरूलाई एकै मञ्चमा राखे । प्रसाईले ‘धर्म,संस्कृति र नागरिक बचाउ महाअभियान’ लाई झापाको काकडभिट्टास्थित मेचीपुलबाट सुरु गरेर महाकालीसम्म पुर्‍याउने बताएका छन् ।

प्रसाईको महाअभियान उद्घाटनका क्रममा पूर्वराजा शाह, छोरा पूर्वयुवराज पारस र छोरी प्रेरणा पनि सहभागी थिए । तर यस अभियानका क्रममा पूर्वरानी कोमल र पूर्वयुराज्ञी हिमानी भने देखिएनन् ।

प्रसाईले यो अभियानका क्रममा संघीयता खारेजी, वैदिक सनातन राज्य घोषणा र व्यावसायिक वातावरणको माग गरेका छन् । प्रसाईंले यो महाभियान मेची पुलबाट महाकाली हुँदै काठमाडौंमा पुर्‍याएर टुंग्याउने तयारी छ । प्रसाई एमाले केन्द्रीय सदस्यका साथै उद्योग विभागका उपप्रमुख पनि हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...