दबाब र प्रभावमा दिन थालियो सार्वजनिक विदा, ‘जनयुद्ध दिवस’ मा सार्वजनिक बिदा

Maobadi sena

काठमाडौं । पछिल्लो समयमा सार्वजनिक विदा दवाव र प्रभावमा दिन थालिएको छ । पुस २७ गते मात्रै राष्ट्रिय प्रजातन्त्र पार्टीको दवावमा परेर सावैजनिक विदा दिएको सरकारले फेरि प्रधानमन्त्रीको प्रभावमा परेर भोली अर्थात् फागुन १ गते सार्वजनिक विदा दिने भएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सोमबार ‘जनयुद्ध दिवस’को सन्दर्भमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । २०५२ फागुन १ गतेबाट सुरू भएको सशस्त्र युद्ध २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो ।

त्यही युद्धको जगमा नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको थियो भने गणतन्त्र, संघीय प्रणाली, समावेशी लोकतन्त्र, सामाजिक न्यायजस्ता उपलब्धि सशस्त्र युद्ध र जनआन्दोलनको बलमा नै स्थापित भएका थिए । सो सशस्त्र युद्ध को नेतृत्वकर्ता पार्टी नेकपा माओवादी केन्द्रले प्रत्येक वर्ष फागुन १ गतेलाई ‘जनयुद्ध दिवस’ को रूपमा मनाउँदै आएको छ ।

यसपटक भने माओवादीकै नेतृत्वको सरकार भएको मौकामा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । साता अघिमात्रै प्रधानमन्त्री पुष्पकमल दाहालले सार्वजनिक बिदा धेरै भएको भन्दै बिदा कटौती गर्नुपर्ने भनेका थिए । तर, आफ्नै अभिव्यक्ति प्रतिकूल हुने गरी प्रधानमन्त्री दाहालले विगतमा नदिइएको सार्वजनिक बिदा थप गराएका हुन् ।

माघ १२ देखि २२ गतेसम्म चलेको माओवादी स्थायी समिति बैठकले भने माओवादी नेतृत्व भएका स्थानीय सरकारहरुले अभियानका रुपमा ‘जनयुद्ध दिवस’ मनाउने व्यवस्था मिलाउने निर्णय गरेको थियो ।

उक्त निर्णय अनुसार माओवादी विजयी भएका कतिपय स्थानीय तहका अलावा कर्णाली र बागमती प्रदेश सरकारले १ फागुनमा बिदा दिने निर्णय गरिसकेका छन् । अहिले संघीय सरकारकै नाममा बिदा घोषणा गरिएको छ । यस्तो निर्णय गर्नु ५ दिनअघि भने प्रचण्ड आफैँले सार्वजनिक बिदा धेरै हुँदा सेवाप्रवाह प्रभावित भएको बताउँदै यसमा पुनर्विचार गर्नुपर्ने बताएका थिए ।

२४ माघमा बसेको प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै उनले विदामा पुनर्विचारको आवश्यकता औँल्याएका थिए । ‘हाम्रा सरकारी बिदाहरु धेरै भए, यसले जनताका काम गर्ने समय कम भएको छ, सेवा प्रवाहमा समस्या देखिएको छ’ उनले भनेका थिए, ‘यसबारे पुनर्विचार आवश्यक छ भनेर हामीले मन्त्रिपरिषद्मा पनि छलफल गरेका छौँ, गृहकार्य गरेर पुनर्विचार गर्नुपर्छ ।’ 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...