विदेशी वायुसेवा कम्पनीसँग घुस माग्ने विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बनमा

Prem nath thakur

काठमाडौं । एक विदेशी वायुसेवा कम्पनीसँग घुस मागेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बनमा परेका छन् ।

तत्कालीन महाप्रबन्धक भोलाप्रसाद गुरागाईं उमेरहदका कारण सेवानिवृत्त भएपछि ठाकुर २०७६ फागुन ६ गते विमानस्थलको महाप्रबन्धकमा नियुक्त भएका थिए ।

थाई एयरवेजका प्रतिनिधिसँग गैरकानुनी लाभ लिने उद्देश्यले गरेको कुराकानीको अडियो प्राप्त भएपछि छानबिनका लागि महाप्रबन्धक ठाकुरलाई निलम्बन गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता राजेन्द्रकुमार केसीले जानकारी दिए ।

घुस मागेको अडियो प्राप्त भएपछि घटनाको जाँचबुझका लागि मन्त्रीस्तरीय निर्णयबाट ठाकुरलाई निलम्बन गरिएको प्रवक्ता केसीले बताएका छन् । निलम्बनको निर्णय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई समेत पठाइएको छ । यस विषयमा थप अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत पत्राचार गरिने मन्त्रालयले जनाएको छ ।

ठाकुरले विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ अनुमति नवीकरणका लागि आएका कम्पनीका प्रतिनिधिसँग कुरा गरेका छन् । सो संवादमा कम्पनीका प्रतिनिधिसँग अनधिकृत आर्थिक लाभ दिलाउन प्रस्ताव गरेको आरोपमा उनी निलम्बित भइसकेका छन् । अब अख्तियार दुरुपयोग अनुसन्धान आयोगमार्फत पनि उनको यो अडियोमाथि छानबिन हुनेछ ।
ठाकुरले थाइ एयरवेजको सबै काम बैंककबाट हुने कुरा थाहा भएको र ‘रवि’ले सबै कुरा भएर टुंगिसेकको बताएको दोहोर्‍याउँछन् । उनीहरुबीच पैसाको कुरा हुन्छ । ठाकुरले रवि सिंहले नै सबै बन्दोबस्त गर्न सक्ने बताउँछन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...