हवाई दुर्घटना र महिला हिंसाप्रति राष्ट्रपतिलाई चिन्ता (संसदमा सम्बोधनको पूर्ण पाठसहित)

Bidhya devi bhandari

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान र कानुनले प्रत्याभूति गरेका विषयहरू पूर्णरुपमा अवलम्बन गर्न अझै बाँकी रहेको बताएकी छिन् । राष्ट्रपति भण्डारीले आफ्नो नीति तथा कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनका लागि पुनर्विचार गर्न सरकारलाई आग्रह समेत गरिन् ।

संघीय संसदको संयुक्त बैठकले शुक्रबार सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सडकलाई सामान्य पूर्वाधारको रुपमा मात्रै नलिइ देशभरको नागरिकलाई एकताको सुत्रमा बाँध्ने, भावनात्मक रुपमा जोड्ने कडिको रुपमा लिएर निर्माण गरिनुपर्ने बताएकी छिन् । उनले महिलामाथि हुने सबै प्रकरणको हिंसा अन्त्य हुन नसक्नुको कारणको खोजी गर्नुपर्नेमा पनि जोड दिइन् ।

भण्डारीले सडकमा दुर्घटनाको विषयमा सम्बोधन क्रममा चासो राखेकी छिन् । 'देशमा दिनदिनै जस्तो हुने सडक दुर्घटनाको कारण नागरिकले आकालमै मृत्युवरण गर्नुपरेको वास्तविकतालाई गम्भीरतापूर्वक लिँदै सडक दुर्घटना नियन्त्रणका प्रभावकारी उपायहरु अबलम्बन गरेर नेपाल यातायात सेवा सुरक्षित छ भन्ने सन्देश दिन आवश्यक छ' भण्डारीले भनिन्, 'सडक दुर्घटना न्यून गरि जनधनको सुरक्षाका लागि सरकारले प्रभावकारी उपायसहित आवश्यक कदम चाल्नु पर्दछ । हवाइ यातायातलाई सर्वसुभल बनाइ थप सुरक्षित बनाउन आवश्यक देखिन्छ ।'

भण्डारीले संविधान र कानुनले प्रत्याभूत गरेका विषयहरु पूर्ण रुपमा अवलम्बन गर्न अझै बाँकी रहेको बताएकी छन् । राष्ट्रपति भण्डारीले स्वास्थ्य क्षेत्रमा लगानी बढाए पनि अझै पनि सुत्केरी महिलाहरूको उपचारको अभावमा ज्यान जाने अवस्था कायमै रहेको उल्लेख गर्दै चिन्ता समेत व्यक्त गरिन् ।

'संविधान र कानुनले प्रत्याभूत गरेका विषयहरु पनि हामीले पूर्ण रुपमा अवलम्बन गर्न अझै बाँकी छ । हामीले जुन सोचका साथ लैंगिक विकासका अवधारणा अघि सारेका थियौं । त्यो परिणाम प्राप्त भएको छ, छैन सोको यथार्थ समीक्षा गरी अघि बढनु पर्छ भन्ने मलाई लाग्छ । विगतमा भन्दा विद्यालयमा छात्राको उपस्थिति बढेको छ । तर तिनले विद्यालय शिक्षा पूरा गरेका छन कि छैनन् ? यसैगरी महिला स्वास्थ्यमा समेत प्रसस्त लगानी गरिएको छ । तर रोग प्रतिरोधात्मक क्षमता विकास गर्न हाम्रा प्रयास पर्याप्त छन् वा छैनन् ? विचारणीय छ । अहिले पनि दूर्गम क्षेत्रमा सुत्केरी हुन नसकेर वा सुत्केरी भएपछिको सामान्य उपचारको अभावमा अकालमा ज्यान गुमाउनुपर्ने अवस्था रहेको छ । किन अहिले पनि महिलाहरु विभिन्न किसिमका सामाजिक कुरीतिको सिकार भइरहेका छन् ? घरेलु हिंसा, यौन हिंसा र अन्य प्रकारका हिंसाबाट महिलाहरुले अझै पनि किन सुरक्षित महशुस गर्न सकिरहेका छैनन् ? यी प्रश्नहरुको उत्तर खोजिनु जरुरी छ । हाम्रा नीति तथा कार्यक्रम राम्रा हुँदाहुँदै पनि यीनको प्रभावकारी कार्यान्वयन हुन नसकेको कुरा यसमा पुनर्विचार गर्न आवश्यक देख्दछु,’ राष्ट्रपति भण्डारीले भनिन् ।

हेर्नुहोस् सम्बोधनको पूर्णपाठ

 

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...