आज संसद् बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारी

Bidhyadevi vandari

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज (शुक्रबार) संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने भएकी छन् ।

राष्ट्रपतिको सम्बोधनका लागि संघीय संसद् सचिवालयले तयारी गरिसकेको छ । शुक्रबार दिउँसो ३ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने कार्यक्रम छ ।

राष्ट्रपतिले गरेको सम्बोधन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा र राष्ट्रियसभामा छुट्टाछुट्टै टेबल गर्नेछन् । त्यसपछि दुवै सदनले धन्यवादको प्रस्ताव पारित गर्ने संघीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिएका छन् ।

नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिले आज ९माघ २७० संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएकी हुन् । संविधानको धारा ९५ मा राष्ट्रपतिले संघीय संसद्का कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्न सक्नेछ भन्ने व्यवस्था छ ।

यस्तै सोही धाराको उपधारा २ मा ‘राष्ट्रपतिले प्रतिनिधिसभाको निर्वाचनपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेछ’ भन्ने प्रावधान छ ।

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनपछि गठित प्रतिनिधिसभाको पहिलो अधिवेशन जारी छ । पहिलो अधिवेशन भएकाले राष्ट्रपतिले सम्बोधन गर्न लागेकी हुन् ।

यस्तै राष्ट्रपति भण्डारीले शनिबार दिउँसो ३ बजे नवनिर्वाचित सांसदहरूको सम्मानमा राष्ट्रपति कार्यालय शीतलनिवासमा चियापानको आयोजना गर्ने कार्यक्रम बनेको छ । रासस

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...