नाउपा विनै शुरु भयो सुदूरपश्चिम प्रदेशसभाको बैठक, अल्पमतमा रावल
कैलाली । सुदूरपश्चिम प्रदेशसभाको बैठक सुरु भएको छ । प्रदेश सभाको बैठकमा मुख्यमन्त्री राजेन्द्र सिंह रावलले विश्वासको मत लिने छन् ।
सुदूरपश्चिम प्रदेश सभाको बैठक लगातार चौथौंपटक सारिएको थियो । प्रारम्भमा मुख्यमन्त्री थियो । तर, विश्वासको मत ल्याउन सकस परेपछि पुनः बैठक ४ बजेलाई सारिएको थियो ।
नागरिक उन्मुक्ति पार्टीकै समर्थनमा मुख्यमन्त्री बनेका उनलाई आफूहरूको माग मुद्दा सम्बोधन नभएसम्म विश्वासको मत नदिने अडानमा बसेपछि बैठक सारिँदै आएको थियो ।
अहिले ४ बजेपछि शुरु भएको प्रदेशसभाको बैठकमा नाउपाका सांसदहरु सहभागी छैनन् । नाउपाका सांसद विनै बैठक शुरु भएको छ । यद्यपि मुख्यमन्त्री रावलले विश्वासको मत माग्ने छन् । तर, वर्तमान गठबन्धनमा नाउपाले साथ छोड्दा स्वतः अल्पमतमा पर्छ । यसो हुँदा अब नेपाली कांग्रेसले सत्ता पाउने छ ।
नागरिक उन्मुक्तिको समर्थनबिना मुख्यमन्त्री रावलले विश्वासको मत प्राप्त गर्न असम्भवप्रायः छ । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा माओवादीका ११, एमालेका १०, नाउपाका ७ र राप्रपाका १ जना सांसद छन् ।
प्रतिकृया दिनुहोस