राष्ट्रियसभा उपाध्यक्ष अर्यालले लिइन् शपथ, प्रभावकारी भूमिका निर्वाह गर्ने प्रयास प्रतिवद्धता

Rastriya sava urmila aryal

काठमाडौं । नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनियताको शपथग्रहण गरेकी छिन् । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उपाध्यक्ष अर्याललाई सपथग्रहण गराएका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा अध्यक्ष तिमिल्सिनाले उपाध्यक्ष अर्याललाई सपथग्रहण गराए । सो कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख देवराज घिमिरे लगायतको उपस्थिति थियो ।

अर्यालको मात्रै उम्मेदवारी परेपछि सोमबार अर्याललाई निर्विरोध निर्वाचित गरिएको थियो । तत्कालीन उपाध्यक्ष शशिकला दाहालको कार्याकाल सकिएपछि एक वर्षदेखि उपाध्यक्षको पद खाली रहँदै आएको थियो ।

नवनिर्वाचित अर्यालले संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्ने प्रयास गर्ने बताएकी छन् । मंगलबार पद तथा गोपनीयताको शपथलगत्तै पद बहालीपछि उपाध्यक्ष अर्यालले यस्तो बताएकी हुन् । ‘सके जति प्रभावकारी भूमिका निर्वाह गर्छु । सांसदहरूसँग पनि सहकार्य गर्दै अघि बढ्नेछु’, उपाध्यक्ष अर्यालले भनिन् ‘सङ्घीय संसद्मा महिला सांसदहरूको भूमिका पनि प्रभावकारी बनाउनुपर्नेछ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...