२२ दिनपछि प्रदेशसभाको बैठक बस्दै

Pradesh 1

विराटनगर । प्रदेश १ प्रदेशसभाको छैटौं बैठक आज बस्दैछ । विजनेश अभावमा गत पुस ३० गतेदेखि स्थगित बैठक आज बस्न लागेको हो ।

पुस ३० मा उपसभामुखको निर्वाचनपछि स्थगित भएको दोस्रो कार्यकालको पहिलो अधिवेशनको छैटौं बैठक आज दिउँसो १ बजे बस्दैछ ।

संसदको हिउँदे अधिवेशनलाई विधेयक अधिवेशन पनि भनिन्छ । तर पुस २५ गते गठन भएको सरकारले संसदमा सरकारले कुनै विधेयक दर्ता गरेको छैन ।

प्रदेशसभामा दुई वटा अध्यादेश पेश भइसकेका छन् । प्रदेश निजामति सेवा अध्यादेश र केही प्रदेश ऐन संशोधन अध्यादेश पेश भएको थियो ।

प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीका अनुसार बैठकमा कार्यव्यवस्था परामर्श समिति गठन, नियमावली मस्यौदा समिति गठन र यसअघि पेश भएका दुई अध्यादेशलाई अगाडि बढाउने कार्यसूची छ । मंगलबारको बैठकमा भने प्रदेश प्रमुख पर्शुराम खापुङले सम्बोधन गर्ने तयारी छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...