आज सिमसार दिवस मनाइँदै, नेपालमा १० वटा क्षेत्र रामसार सूचीमा सूचीकृत

Ghodaghodi simsar

काठमाडौं । ‘आजको आवश्यकता, सिमसारको पुनःस्थापना’ नाराका साथ बिहीबार विश्व सिमसार दिवस मनाइँदैछ ।

नेपालका १० वटा क्षेत्र रामसार सूचीमा सूचीकृत छन् । नेपालको ६० हजार ५६१ हेक्टर क्षेत्र रामसारमा पर्छ । पहिलो पटक सन् १९८७ डिसेम्बर १७ मा नेपालको कोसी टप्पु वन्यजन्तु आरक्षलाई रामसार सूचीमा सुचिकृत गरिएको थियो ।

कोशीटप्पुसहित बिसहजारी तथा आसपासका ताल, घोडाघोडी ताल क्षेत्र, जगदिशपुर जलाशय, रारा, फोक्सुण्डो, गोसाइँकुण्ड तथा आसपासका क्षेत्र रामसारमा सूचीकृत छन् । यस्तै गोक्यो तथा आसपासका ताल, माइ पोखरी र पोखरा उपत्यकाका ताल पनि सूचीकृत भइसकेका छन् । तर पछिल्लो समय रामसार क्षेत्र मासिँदै गएको छ ।

मानवीय अतिक्रमणका कारण सिमसार क्षेत्र संकटमा पर्दे गएको भन्दै यसलाई जोगाउने तथा महत्त्वबारे सचेतना बढाउने कार्यक्रममा जोड दिँदै यो दिवस मनाइन्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...