बाबुले पेट्रोल छर्किदाँ २ वर्षीय छोराको मृत्यु, आमा घाइते

Ganga bk kohalpur banke

काठमाडौं । बाँकेको कोहलपुरमा एक युवकले पेट्रोल छर्किएर आगो लगाउँदा उनका दुई वर्षीय छोराको मृत्यु भएको छ । श्रीमती घाइते छन् ।

कोहलपुर नगरपालिका १ शक्तिनगरका ३० वर्षीय भानुभक्त बिकले आइतबार साँझ श्रीमती गंगा विक र २ वर्षका छोरा प्रिन्सलाई पेट्रोल छर्किएर आगो लगाइदिएका थिए । लगत्तै आमा छोरालाई स्थानीयले उद्दार गरी नेपालगञ्जस्थित भेरी अस्पताल पुर्‍याएका थिए । उपचारकै क्रममा बालकको सोमबार बिहान साढे ६ बजे मृत्यु भएको हो ।

उपचारकै क्रममा रहेकी घाइते गंगाको शरीरको १८ देखि २० प्रतिशत भाग जलेको बाँकेका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्ती मगरले जानकारी दिए । घाँटीको भागमा बढी जलेकाले अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ ।

कोहलपुर नगरपालिकाकी उपमेयर संगीता सुवेदीका अनुसार भानुभक्तले एक वर्ष अगाडिदेखि नै श्रीमती गंगालाई कुटपिट गर्दथे । आइतबार पनि बिहानैदेखि दुई जनाबीच झगडा भएको थियो । त्यसपछि गंगा आमाजूको घरमा गएर बसेकी थिइन् ।

साँझ पाँच बजेतिर गंगा माइत जान भनेर हिंडेपछि भानुभक्तले पेट्रोल छ्यापेर आगो लगाइदिएका थिए । ‘अब बाँच्नुपर्छ भनेर बाबु बोकेर म हिंडें,’ गंगाले भनिन्, ‘परैबाट पेट्रोल छ्यापेर आगो फाल्दियो ।’

घटनापछि फरार रहेका बिकलाई गएराति नै प्रहरीले नियन्त्रणमा लिएको छ । आपसी मनमुटावमा आगो लगाएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...