अनिश्चित बन्यो धनकुटा महोत्सव, सर्वदलीय बैठक बस्दै

Dkt mahotsab

धनकुटा । आयोजकको असावधानीले भएको भागदौडमा ३० जना घाइते भएपछि माघ ६ गतेदेखि जारी पाँचौं धनकुटा महोत्सव अनिश्चित बनेको छ ।

शनिबार धनकुटा महोत्सवमा प्गायक प्रमोद खरेल आउँदा अत्याधिक भीड बढेकोमा आयोजकको कमजोरीका कारण भागदौड मच्चिएको थियो । जुन घटनामा परी ३० जना घाइते भएका छन् । घाइतेमध्ये २ जना बालकको अवस्था चिन्ताजनक छ । १६ जनाको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

सो घटनापछि जिल्ला प्रशासन कार्यालय धनकुटाले तत्कालै महोत्सव बन्द गर्न निर्देशन दिएको थियो । प्रशासनको आदेशपछि अन्योलमा रहेको आयोजक उद्योग बाणिज्य संघ भने राती कुनै मेला नगरी दिउँसो मात्र महोत्सव गर्ने पक्षमा छ । तर जिल्ला प्रशासन भने कुनै पनि हालतमा महोत्सव गर्न नदिने पक्षमा पुगेको छ ।

निमित्त प्रमुख जिल्ला अधिकारी ममता अधिकारीले अहिलेको अवस्थामा महोत्व गराउन उचित नभएको बताइन् । ‘अहिलेको अवस्थामा महोत्सव गर्न दिनु राम्रो होइन । त्यसकारण सर्वदलीय बैठक बोलाएका छौं । आजदेखि महोत्सव बन्द गर्छौ’ उनले भनिन्, ‘९९ प्रतिशत बन्द हुन्छ । अब तत्काल मेला आयोजना गर्न पोसिवल देखिएन ।’

शनिबार राती भएको सो घटनापछि आज साँढे ११ बजे जिल्ला प्रशासन कार्यालयमा सर्वदलीय बैठक बस्दै छ । सो बैठकमा आयोजकले भने दिउँसो मात्रै महोत्सव गर्ने प्रस्ताव लाने तयारीमा छ । यदी प्रशासनले महोत्सव गर्न नदिए औपचारिक रुपमा सोमबार महोत्सव समापन गर्ने आयोजकको तयारी छ ।

‘हामीले राती चाँही मेलाहरु नगर्ने भनेका छौं । आजको सर्वदलीय बैठकमा त्यही कुरा राख्छौं उद्योग बाणिज्य संघ धनकुटाका अध्यक्ष विजय सन्तोषी राईले भने, ’यदी महोत्सव गर्न नदिने अवस्था आयो भने भोली औपचारिक रुपमा महोत्सवको समापन चाँही गर्छौ ।’

र यो पनि ...

महोत्सवमा भागदौड अपडेट : २ जना बालकको अवस्था चिन्ताजनक, १६ जनाको धरानमा उपचार हुँदै

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...