रवि लामिछानेले आज काठमाडौंबाट नागरिकता लिने

Rabi lamichhane 22

काठमाडौं । रवि लामिछानेले जिल्ला प्रशासन कार्यायल काठमाडौंबाट आज नागरिकताको प्रमाणपत्र लिने भएका छन् । शुक्रबार सर्वोच्च अदालतको फैसलापछि अनागरिक बनेका लामिछानेले नागरिकता पुनः प्राप्तिका लागि तयारी अघि बढाएका हुन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा रविले अमेरिकी नागरिकता त्यागेको प्रमाण बुझाउनु पर्नेछ । ती प्रमाण बुझाएपछि जिल्ला प्रशासन कार्यालयले उनको पहिलेकै विवरणमा नयाँ नागरिकता जारी गर्नेछ ।

अमेरिकी पासपोर्ट र नागरिकता त्यागेको प्रमाण यसअघि नै अध्यागमन विभागमा बुझाएको दाबी गरे पनि सर्वोच्चले त्यसलाई मान्यता नदिएको हो । उनले नागरिकता प्राप्त गर्नका लागि जिल्ला प्रशासन कार्यालयमै प्रक्रिया पूरा गर्नु पर्नेछ ।

नागरिकता प्रमाणपत्र लिनका लागि उनले प्रशासनसँग पनि समन्वय गरिरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी निकट स्रोतका अनुसार आइतबारका लागि नागरिकता लिनका लागि जानेगरी छलफल भइरहेको छ ।

जिल्ला प्रशासनले सर्वोच्च अदालतको आदेशका कारण नागरिकता दिनुपर्ने हो कि भन्दै थप कानूनी राय र अरु प्रक्रिया आवश्यक पर्ने नपर्नेबारे जिज्ञासा राखेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...