संसद भवनअगाडी हात्मदाहको प्रयास गर्ने प्रेमप्रसाद आचार्यको मृत्यु

Aatma dah prayash

काठमाडौं । संघीय संसद् भवनअगाडि मंगलबार दिउँसो आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन भएको छ ।

शरीरमा पेट्रोल हालेर आत्मदाह प्रयास गर्दा इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्षीय आचार्य गम्भीर घाइते भएका थिए । पेट्रोल खन्याएर आत्मदाह प्रयास गर्दा उनको शरीरको ८० प्रतिशत भाग जलेको थियो ।

घटनास्थलबाट तत्कालै कीर्तिपुरस्थित बर्न अस्पताल लगिएर उनको उपचार गरिएको थियो । तर, उनको उपचारकै क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो ।

उनको आज बिहान ५ बजे उपचारका क्रममा निधन भएको कीर्तिपुरस्थित बर्न अस्पतालका डा. किरण नकर्मीले जानकारी दिए । शरिरको अधिकांश भाग जलेको हुनाले बचाउन नसकिएको उनको भनाइ छ । ​

आचार्यले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै उनले देशमा गरिखाने अवस्था नभएकोले आफूले मृत्यु रोज्न खोजेको लेखेका थिए । उनले आफूलाई युवा उद्यमी भन्दै ३६ वर्ष पार गर्दा पनि गरिएको कुनै पनि कामबाट केही उपलब्धि हासिल नभएको भन्दै असफलताको कथा लेखेको बताएका थिए ।

उनले आत्मदाह प्रयासअगाडि फेसबुकमा ६ हजार ५३५ शब्द लामो आत्मलाप लेखेका छन् । आफूले आत्मदाह गर्नुपर्ने कारणसहित जीवनको लामो भोगाइको वर्णन उनले त्यसमा गरेका थिए ।

इलाममा उत्पादित अकबरे खोर्सानी, गुन्द्रुक, तामाको अचार र घ्युसहितका स्थानीय उत्पादनको व्यापार गर्दै आएका उनले संसद भवनअगाडि आत्मदाहप्रयास गर्नुअगाडि फेसबुकमा भावुक स्टाटस लेखेका थिए

 र यो पनि...

आचार्यले लेखेका थिए फेसबुकमा ६ हजार ५३५ शब्द लामो आत्मलाप (आत्मलापसहित)

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...