कञ्चनपुरमा १४ वर्षीया बालिकाले शिशु जन्माइन्

Babay born

धनगढी । कञ्चनपुरमा १४ वर्षीया बालिकाले शिशु जन्माएकी छन् । बेलौरी नगरपालिका–८ को कलकत्तामा ३ माघमा बालिकाले शिशु(छोरा) जन्माएको घटना सार्वजनिक भएको छ ।

बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरीले बालिकाले शिशुलाई जन्म दिएको कुरा ढिलोगरी मात्र बाहिर आएको बताए ।

‘बालिकाको गर्भमा शिशु महिनाको हुँदा नै परिवारले थाहा पाइसकेको रहेछ तर शिशु जन्मिएपछि पनि आमाबुवाले घटना लुकाउन छोरीलाई दैनिक जसो स्कुल पठाउने काम गरिरहेका रहेछन्,’ उपप्रमुख चौधरीले भने, ‘गाउँमा बुहारीको बच्चा हो भनेर देखाउन खोजे पनि स्थानीयले बालिकाले अवैध रुपमा शिशु जन्माएको थाहा पाएपछि घटना सार्वजनिक भएको हो ।’

उनकाअनुसार बालिकाले जन्म दिएको शिशु कसको हो ? भन्ने खुलेको छैन । ईलाका प्रहरी कार्यालय बेलौरीकाअनुसार स्थानीयबासिन्दाको दबाबपछि बालिकाका आमाबुवा भारतीय नागरिक विरुद्ध किटानी जाहेरी दिएका छन् । इप्रका बेलौरीका प्रमुख प्रहरी निरीक्षक दानसिंह भण्डारीले भारतको बरेलीका दयाराम गुप्ताको शिशु भएको दाबी गर्दै उनी विरुद्ध किटानी जाहेरी दर्ता गरिएको बताए ।

प्रहरीकाअनुसार ती भारतीय नागरिक नातामा उनका भिनाजु पर्छन् । गत वैशाखमा विवाह गर्ने भन्दै भारत भगाएर लैजाने क्रममा सीमा क्षेत्रबाट बालिकाको उद्धार गरिएको दाबी गरिएको छ ।

अहिले बालिकालाई शिशुसहित परिवारको जिम्मा लगाइएको छ । प्रहरीले भारतीय नागरिकको शिशु भएको दाबी गरेपनि स्थानीयले भने वास्तविक दोषीलाई उन्मुक्ति दिन आर्थिक चलखेल गरिएको आरोप लगाएका छन् । बेलौरीकै एक जना शिक्षक, बैंकका म्यानेजर र एक अर्का स्थानीय व्यापारीको नाम पनि बालिकासँग जोडिएकाले निष्पक्ष अनुसन्धान गर्नुपर्ने माग स्थानीयले गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...