पोखरामा जहाज दुर्घटना : २४ शवको पोखरामै पोस्टमार्टम हुने, ४५ वटा शव काठमाडौंमा गरिने
काठमाडौं । यती एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएका चालक दलका सदस्य, विदेशी नागरिक र पहिचान नभएका शव भोलि मात्रै काठमाडौं ल्याइने भएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल उद्धार तथा समन्वय केन्द्रका अनुसार ४६ जनाको शव काठमाडौं पठाउन लागिएको हो ।
२३ जनाको शव भने पोखरामै अभिभावक र आफन्तलाई बुझाउन शुरु भइसकेको छ । हालसम्म फेला परेका ६९ शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छन् । तीन जनाको शव भने फेला पर्न नसकेको हाम्रा सहकर्मीले जनाएका छन् ।
नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले सेती खोंचमा बिहानैदेखि खोजी गरेका छन् । केन्द्रका अनुसार अहिलेसम्म ४४ मृतकको पहिचान भएको छ । पहिचान भएका शवको पोस्टमार्टम प्रक्रिया सुरु भइसकेको प्रतिष्ठानका निर्देशक डा।भरतबहादुर खत्रीले बताए । शवको पोष्टमार्टमका लागि फरेन्सिक विशेषज्ञसहित ७ सदस्यीय टिम बनाइएको छ । सनाखत हुन नसकेका शवको डीएनए परीक्षण काठमाडौंमा गर्ने तयारी भएको छ ।
७ सदस्यीय पोस्टमार्टम टिम बनाइएको छ । दुई फरेन्सिक विशेषज्ञ काठमाडौंबाट आएका छन् । त्रिवि शिक्षण अस्पतालका डा. गोपाल चौधरी र डा. समारिका दाहाल पोखरा आएका हुन् । पाँचजना पोखराकै फरेन्सिक विशेषज्ञ छन् ।
मृतकका आफन्तले भने दुर्घटना भएको २४ घण्टाभन्दा बढी भइसक्दा समेत शव बुझ्न नपाएको भन्दै आक्रोश व्यक्त गरेका छन् । सोमबार साँझ पोस्टमार्टम सुरु भएसँगै आफन्तले शव बुझेका हुन् । सोमबार साँझ पोखरा–१३ मियाँपाटनका सदाकत अली मियाँको शव परिवारले बुझेका छन् ।
आइतबार बिहान १०स्३२ बजे त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको यती एयरलाइन्सको कल साइन नाइनएन एएनसी फ्लाइट नम्बर ६९१ एटीआर(७२ जहाज करिब ११ बजेको आसपासमा पोखरा विमानस्थलबाट २ किलोमिटरको नजिकमा सेती नदीको खोंचमा दुर्घटनाग्रस्त भएको थियो । ७२ जना सवार विमानमा अहिलेसम्म ७० जनाको शव भेटिएको छ भने २ जनाको खोजी कार्य जारी रहेको छ ।
प्रतिकृया दिनुहोस