अन्तरजातीय विवाह गर्नेलाई एक लाख रुपैयाँ दिइने

Chhayanath nagarpalika

सुर्खेत । छायाँनाथ रारा नगरपालिकाकाले अन्तरजातीय विवाह गर्नेलाई एक लाख रुपैयाँ दिने भएको छ । नगरपालिकाको १२औँ विधेयक नगरसभाले जातीय विभेदविरुद्ध दलित नीति नियमावली पास गर्नुका साथै अन्तरजातीय विवाह गर्ने युवायुवतीलाई प्रोत्साहनस्वरूप एक लाख उपलब्ध गराउने भएको हो ।

नगरप्रमुख विष्णुकुमार भामले छुवाछूत अन्त्य र दलितको हक अधिकारका लागि दलित नीति नियमावली २०७९ सभाबाट बहुमतले पास भएको जानकारी दिए। पालिकाभित्रका १ देखि १४ वडा सम्मका एक हजार ३०० दलित घरधुरी छन् । संस्कृति, बाजा र सीपमूलक आर्यआजनका लागि प्रति घरधुरी पहिलो चरणमा दुई हजार ५०० का दरले दलित भत्ता उपलब्ध गराउने उनले बताए । आफ्नो पाँच वर्षे कार्यकालमा पाँच हजारसम्म पुर्‍याउने लक्ष्य रहेको उनको भनाइ छ ।

विधेयक नगरसभाबाट विभिन्न १० वटा नीति, नियमावली, कार्यविधि र निर्देशिका बहुमतले पारित गरेको छ । युवालाई कुलतमा फस्न नदिन नगरस्तरीय सुधारगृह सञ्चालन कार्यविधि २०७९ र अपांगता नियमावली २०७९ पारित भएको छ । यस्तै नगर बस सञ्चालन कार्यविधि २०७९, व्यावसायिक दर्ता तथा नवीकरण कार्यनिर्देशिका २०७९, महिला हेल्प डेस्क कार्यविधि, महिलासँग उपप्रमुख कार्यक्रम सञ्चालन कार्यविधि, खानेपानी तथा सरसफाई निर्देशिका नियमावली र विपत् जोखीम न्यूनीकरण नियमावली २०७९ सभाबाट पारित भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...