अलपत्र पुल बनाउन दबाब दिन बन्यो संघर्ष समिति

Tamor lumbughat pul

म्याङलुङ । लामो समयदेखि तेह्रथुम र पाँचथर जोड्ने तमोर नदीको लुम्बुघाटमा पुल बनाउन दवाव दिँदै तेह्रथुमबासीहरुले संघर्ष समिति नै बनाएका छन् ।

१० वर्षको अवधीमा अहिलेसम्म लुम्बुघाटमा ४० प्रतिशत मात्रै निर्माण सम्पन्न भएको छ । सम्पन्न भएको काममा समेत ठेकेदारले कमसल निर्माण सामग्री प्रयोग गरेको स्थानीयको आरोप छ । लामो समयसम्म पनि पुल निर्माण सम्पन्न हुन नसकेपछि तेह्रथुम र पाँचथर जिल्लाका जनप्रतिनिधिले पुलको स्थलगत निरीक्षण गरी गुणस्तरीय सामान प्रयोग गर्न ठेकेदारलाई पटक पटक निर्देशन दिएका थिए । तर अहिलेसम्म निर्माण कम्पनीले वास्ता नगरेपछि पुल निर्माणमा दबाब दिँदै तेह्रथुमबासीले संघर्ष समिति बनाएका छन् ।

विभिन्न बहाना देखाउँदै पुल निर्माणमा ढिलाई गर्दै आएको स्वछन्द निर्माण सेवाका ठेकेदारले काम नै रोकेको छ । निर्धारित समयमा पुल निर्माणको काम सम्पन्न नहुँदा दुई जिल्लाका बासिन्दाले दुख बेहोर्नुपरेको अभियान्ता कपिलदेव सिंगकले बताए ।

सडक डिभिजन कार्यालय धनकुटाले स्वच्छन्द निर्माण सेवा काठमाडौंसँग ३ वर्षमा काम सम्पन्न गर्नेगरी ९ वर्षअघि ठेक्का सम्झौता गरेको थियो । तर अहिलेसम्म ४० प्रतिशत मात्रै काम भएको सडक डिभिजन कार्यालय धनकुटाले जनाएको छ ।

निर्माण कम्पनीलाई पुल निर्माणमा दबाब दिन आइतबार समितिमा नेपाल बाल संगठनका सभापति अर्जुन ढुंगानाको संयोजकत्वमा १५ सदस्यीय समिति नै बनेको छ । जसको सदस्यहरुमा डिकबहादुर कार्की, कुमार विसंखे, डिकेन्द्र तुम्वाहाङफे, धर्म खड्का, कृष्ण विदुखी गौतम, वविता राई, लक्ष्मी कार्की, टंक दाहाल, ढकमाया भण्डारी, पदम तुम्बाहाङफे, हेमराज तुम्बाहाङफे, बुद्धिराज तुम्बाहाङफे, बुद्धि तामाङ, टिकाराम खुलाल र नरेश ढुंगाना रहेका छन् । त्यस्तैगरी सल्लाहकार समितिमा कपिलदेव सिंघक, अधिवक्ता नारायणप्रसाद लुईटेल र चिरञ्जिवीमान श्रेष्ठ छन् ।

सो भेलाले तमोर नदीमा निर्माण अलपत्र बनेको लुम्बुपुलको स्थलगत निरीक्षण गर्ने, ठेक्काको समय अवधिभित्र नै कार्य सम्पन्न हुनेगरी सम्बन्धित सरोकारवाला निकायहरुलाई खवरदारी गर्ने तथा जिल्लाभित्र विकास निर्माणका कार्यमा अलपत्र परेका कामहरुको चासो दिई सम्बन्धित निकायहरुलाई ध्यानाकर्षण गर्ने निर्णय भएको संयोजक ढुंगानाले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...