नयाँ संसद्को पहिलो बैठक आज १ बजे बस्दै, शीर्ष नेताले सम्बोधन गर्ने

Samsad bhawan new baneshwor

काठमाडौं । संघीय संसद्को प्रतिनिधिसभातर्फको पहिलो बैठक आज बस्दै छ। संसद सचिवालयका अनुसार दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो।

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाको अध्यक्षतामा बस्ने बैठकमा संसद अधिवेशन आह्वान सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइनेछ ।

प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्ड नियुक्त भएको पत्र र मन्त्रिपरिषद् गठन भएको जानकारी पनि सदनलाई गराइने छ । सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनयन हुने छ ।

बैठकलाई सबै दलका प्रतिनिधिहरुले सम्बोधन पनि गर्नेछन् । अधिवेशन सुरु भएको पहिलो बैठकमा शीर्ष नेताहरुले शुभकामना दिने विगतदेखिकै प्रचलन छ । त्यसअनुसार सोमबार प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, रास्वपाका सभापति रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जसपा संसदीय दलका नेता रामसहायप्रसाद यादव, जनमत पार्टीका अध्यक्ष सीके राउत, नाउपाका अध्यक्ष रञ्जिता श्रेष्ठ लगायतले शुभकामनासहित आफ्नो धारणा राख्नेछन् ।

मंसिर ४ को निर्वाचनबाट चुनिएका प्रतिनिधि सभा सदस्यहरुले पुस ७ गते ज्येष्ठ सदस्य राणाबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए । सभामुख निर्वाचित नहुँदासम्म ज्येष्ठ सदस्य राणाले नै बैठक चलाउने छन् ।

भोलि को संसद बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने छन् । प्रतिनिधिसभामा हाल १२ वटा राजनीतिक दलको प्रतिनिधित्व छ । सोमबार दिउँसो १ बजे प्रतिनिधिसभाको पहिलो बैठक बस्दा सत्तापक्ष र प्रतिपक्षको लहरमा आधारआधा दल रहने भएका छन् ।

प्रतिनिधिसभाको बैठकअघि संघीय संसद सचिवालयले राजनीतिक दलहरुलाई सत्तापक्षको लहरमा बस्ने कि प्रतिपक्षको लहरमा बस्ने भनी सोध्ने गर्छ । जसअन्तर्गत ६ वटा दलले सत्तापक्षको लहरमा बस्ने र ६ वटा दलले प्रतिपक्षको लहरमा बस्ने जानकारी गराएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...