यस वर्षको वियोगी पत्रकारिता पुरस्कार नवराज चालिसे र माधव पौडेललाई
काठमाडौं । सम्पादक समाज नेपालले ‘गोविन्द वियोगी पत्रकारिता पुरस्कार—२०७९’ न्युज २४ का कार्यक्रम संयोजक नवराज चालिसेलाई प्रदान गर्ने निर्णय गरेको छ ।
नेपाल फेस अनलाइनका सम्पादक माधव पौडेललाई यस वर्षको ‘गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार’बाट पुरस्कृत गर्ने निर्णय पनि समाजले गरेको छ । सम्पादक समाज नेपालका संस्थापक अध्यक्ष स्व।गोविन्द वियोगीको स्मरणमा स्थापना गरिएका पुरस्कारको राशि क्रमशः २५ हजार १ र १५ हजार १ रूपैयाँ रहेको छ ।
सम्पादक समाज नेपालले नेपालमा टेलिभिजनको स्थापना र प्रशारणमा अमूल्य योगदान पुर्याउने नीर शाह, वरिष्ठ पत्रकार खिलध्वज थापा, बुँद राना र विमला तुम्खेवालाई ‘सम्पादक समाज सम्मान २०७९’ द्वारा सम्मानित गर्ने निर्णय गरेको महासचिव श्यामकाजी डोटेलले जानकारी दिएका छन् ।
स्व. गोविन्द वियोगीको स्मृति दिवस पारेर सम्पादक समाज नेपालद्वारा प्रदान गरिने पुरस्कार र सम्मान समाजको शिवपुरी(७, गोविन्द वियोगी मार्ग, सूर्यचौरस्थित आफ्नै भवनमा माघ ७ गते शनिबारका दिन हस्तान्तरण गर्ने निर्णय बैठकले गरेको छ ।
प्रतिकृया दिनुहोस