विदा हुनैलाग्दा मुख्यमन्त्री राजेन्द्र राईले दिए सबैलाई धन्यवाद

Rajendra kumar rai pradesh 1

विराटनगर । प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्र राईले नयाँ सरकार बन्न लाग्दा सबैलाई धन्यवाद दिएका छन् । नयाँ सरकार गठन हुनुअघि बसेको मन्त्रिपरिषद्को अन्तिम बैठकमार्फत आफ्नो नेतृत्वको कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएको हो ।

१४ महिना ८ दिन मुख्यमन्त्री बनेका राईले आफु नेतृत्वको सरकारलाई सहयोग गर्नेलाई धन्यवाद दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेले जानकारी दिए ।

प्रदेश नंं १ मा राई गत कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनी प्रदेश नं. १ को तेस्रो मुख्यमन्त्री हुन् । उनी हाल भोजपुरबाट निर्वाचित प्रदेशसभा सदस्यसमेत हुन् ।

आज मात्रै नेकपा एमालेका स्थायी कमिटी सदस्यसमेत रहेका संसदीय दलका नेता हिक्मतकुमार कार्की प्रदेश नं. १ को मुख्यमन्त्री नियुक्त भइसकेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...