नेवाः पत्रकार राष्ट्रिय दबूद्धारा ६ जना पत्रकार पुरस्कृत
काठमाडौं । नेवाः पत्रकार राष्ट्रिय दबूले ६ पत्रकारलाई पुरस्कृत गरेको छ । पत्रकार सरस्वती कर्माचार्य पुरस्कृत भएकी छन् । पत्रकारिताको क्षेत्रमा लामो समयदेखि क्रियाशील कर्माचार्य ज्ञानज्योति – लक्ष्मीप्रभा पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएकी हुन् ।
नेवाः पत्रकार राष्ट्रिय दबूको शनिबार ललितपुरमा सम्पन्न चौथो महाधिवेशन तथा दशौं वार्षिक साधारण सभामा सरस्वती कर्माचार्यलाई २० हजार रुपैयाँ राशी रहेको ज्ञानज्योति लक्ष्मीप्रभा पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरेको हो । उनी नेपाल समाचारपत्र राष्ट्रिय दैनिकमा समाचार सम्पादकका रूपमा कार्यरत छन् ।
दबूले नेपाः च्यानलमा कार्यरत अनुशा बज्राचार्यलाईलाई नगद १२ राशिको भिक्षुकुमार काश्यप स्मृति पत्रकारिता पुरस्कार, भक्तपुरका फोटोपत्रकार सुरेश ख्वाखः श्रेष्ठलाई राजा ज्यापू फोटो पत्रकारिता पुरस्कार, हेटौँडाका पत्रकार सुरेश श्रेष्ठलाई श्रीराम स्मृति पत्रकारिता पुरस्कार र काभ्रेका पत्रकार सूर्यप्रसाद लाकोेजुलाई वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी पत्रकारिता पुरस्कारबाठ सम्मान गरको छ । तीन पुरस्कारको राशी १० हजार रहेको छ ।
पत्रकार राष्ट्रिय दबूका अध्यक्ष सुरजवीर बज्राचार्य, नेवाः देय् दबूका अध्यक्ष नरेश ताम्रकार तथा उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठले पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले जातीय विविधताको सम्बोधन, सामाजिक न्यायको लागि पत्रकारहरू संवेदनशील हुनुपर्नेमा जोड दिँदै समावेशी पत्रकारिताको विकास र मातृभाषाको पत्रकारितालाई विकास गर्नुपर्ने विषयमा राज्यको ध्यान आकृष्ट भएको बताए ।
कार्यक्रममा मिडिया एलायन्सका सचिव दिरेकलाल श्रेष्ठ, मधेशी पत्रकार समाजका अध्यक्ष मोहन सिंह, राष्ट्रिय दलित पत्रकार संघका वरिष्ठ उपाध्यक्ष गोपाल बराइली, गुठी संस्थानका प्रमुख किरण शाक्यको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस