सर्वोच्च बारमा लोकतान्त्रिक समुहकै वर्चश्व, अध्यक्षमा निरौला चयन

Nepal bar

काठमाडौं । सर्वोच्च बार एशोसिएशनको अध्यक्षमा वरिष्ठ अधिवक्ता हरिशङ्कर निरौला विजयी भएका छन् । ३४ औँ नयाँ कार्यसमिति चयन लागि शनिबार भएको निर्वाचनमा बृहत् लोकतान्त्रिक समूहबाट अध्यक्षमा निरौला २८९ मत ल्याएर विजयी भएका हुन् ।

उनका प्रतिस्पिर्धी प्रगतिशील समूहबाट वरिष्ठ अधिवक्ता तुलसी भट्टले २७५ मत प्राप्त गरे । उपाध्यक्षमा लोकतान्त्रिकका जगदीशप्रसाद पाण्डे, सचिवमा प्रगतिशीलका श्यामकुमार खत्री, सहसचिवमा लोकतान्त्रिकबाट सुजन लोप्चन र कोषाध्यक्षमा प्रगतिशीलबाट कपिलचन्द्र पोखरेल विजयी भए ।

सदस्यहरूमा लोकतान्त्रिक उत्तमराज पाठक, भीमप्रसाद ढकाल, रुपनारायण श्रेष्ठ, रेशमराज रेग्मी, रामबहादुर राउत, सुमनकुमार केसी र प्रगतिशीलबाट प्रभुजी पन्त, अनुपराज उप्रेती र देवी रेग्मी पोखरेल विजयी भए । एक महिला सदस्यमा प्रगतिशीलबाट सिर्जना कँडेल विजयी भइन् ।

पाँच पदाधिकारी र १० सदस्य गरी १५ जनाको नयाँ पदाधिकारीका लागि भएको निर्वाचनबाट विजयीको कार्यकाल दुई वर्ष हुनेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...