राप्रपालाई सरकारमा ल्याउन पृथ्वी जयन्तीमा सार्जजनिक विदा दिइने
काठमाडौं । राप्रपालाई सरकारमा ल्याउन सरकारमा पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने भएको छ ।
सत्तारुढ गठबन्धनले तयार गरेको नीतिगत प्राथमिकता र कार्यक्रममा सो दिन बिदा दिन दलहरु सहमत भएका छन् । पुस २७ अर्थात् पृथ्वी जयन्तीका दिन बिदा दिनुपर्ने सर्त राप्रपाले राख्दै आएको थियो ।
‘नेपालको भौगोलिक एकीकरणको ऐतिहासिकतालाई स्मरण र सम्मान गर्दै पृथ्वी जयन्तीका दिन पुस २७ गते सार्वजनिक बिदा दिने,’ सार्वजनिक भएको नीतिगत प्राथमिकता र कार्यक्रमको मस्यौदामा उल्लेख छ ।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले १३ पृष्ठको २० बुँदामा समेटिएको सरकारको नीतिगत प्राथमिकता र कार्यक्रम तयार पारेको छ । शुक्रबार अन्तिम रुप दिइएको सो मस्यौदा आज सत्ता गठबन्धनका शीर्ष नेतालाई बुझाउने तयारी छ ।
प्रतिकृया दिनुहोस