हुस्सु/कुहिरोसहित शीतलहरले तराईको जनजीवन कष्टकर
काठमाडौं । आज (शुक्रबार) बिहानैदेखि तराई हुस्सु/कुहिरोले ढोकेको छ । वर्षा र हिमपातको भने आज कतै सम्भावना नरहेको मौसम महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार पूर्वदेखि पश्चिमसम्मै तराई–मधेश हुस्सु/कुहिरोले ढाकेको हो । ‘सिमरादेखि पश्चिमका हुस्सु/कुहिरो दिनभर बस्ने सम्भावना छ’, मौसमविद् कँडेलले भनिन्, ‘पूर्वतर्फका चाहिँ घामसँगै हट्न सक्छ ।’ हुस्सु/कुहिरोसहित शीतलहरले गर्दा तराईको जनजीवन कष्टकर भएको छ । अत्यधिक चिसोकै कारण त्यहाँका धेरैजसो शैक्षिक संस्था बन्द गरिएका छन् ।
मौसम महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ: तराईका धेरै भूभागहरूमा बाक्लो हुस्सु/कुहिरो लाग्ने र दैनिक जनजीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन हुन अनुरोध छ ।’
प्रतिकृया दिनुहोस