ढुक्क भएर व्यवसाय सञ्चालन गर्न नगर प्रमुख दाहालको आग्रह

Ranendra samman

चितवन । भरतपुर महानगरपालिकाकी नगर प्रमुख रेणु दाहालले सुनचाँदी व्यवसायीहरूले ढुक्क संग व्यवसाय सञ्चालन गर्न पाउने वातावरण निर्माण गर्न आफू शसक्त रुपमा लाग्ने बताएकी छन् ।

नेपाल सुनचाँदी व्यवसायी संघ चितवनद्वारा आयोजित व्यवसायीहरूको समस्या बारेमा ध्यानाकर्षण तथा सम्मान कार्यक्रममा नगर प्रमुख दाहालले सुनचाँदी व्यवसायीहरूको समस्या निराकरण गर्नका लागि आफ्नो तर्फबाट सकारात्मक भूमिका रहने बताइन् ।

सडक बिस्तारको क्रममा पुलचोकदेखि गोन्द्राङ्गसम्म चलाइएको डोजरमा भरतपुर महानगरपालिकाको कुनै पनि हात नरहेको नगर प्रमुख दाहालले जानकारी दिएकी छन् । नगर प्रमुख दाहालले पुलचोक देखि गोद्राङ्गसम्मको सडक बिस्तारको क्रममा भएको क्षति पहिल्याउनका लागि सरोकारवालाहरूसंग छलफल गरि महानगरले विशेष क्षतिपूर्तिको पहल गर्ने बताइन् ।

चितवनका पुराना सुनचाँदी व्यवसायी रणेन्द्र बराली नेकपा माओवादी केन्द्रबाट समानुपातिक तर्फबाट प्रतिनिधि सभा सदस्य चयन भएका नेपाल सुनचाँदी व्यवसायी संघ चितवनले स्वागत तथा सम्मान गरेको छ । सांसद बरालीलाई संघका अध्यक्ष डा. यमबहादुर विश्वकर्माले व्यवसायीहरूको समस्याहरुको बारेमा जानकारी गराउँदै उक्त समस्याहरु शसक्त रुपमा सदनमा उठाउनका लागि ध्यानाकर्षण पत्र हस्तान्तरण गरे ।

कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका तृतीय उपाध्यक्ष विपिन रामुदामुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने संघका अध्यक्ष डा।यमबहादुर विश्वकर्माको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...