धनकुटा महोत्सवको उद्घाटन प्रधानमन्त्रीले गर्ने पक्कापक्की

Prachanda vet dhankuta

धनकुटा । आगामी माघ पहिलो सातादेखि शुरु हुने धनकुटा महोत्सव प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने भएका छन् ।

माघ ६ देखि १६ गतेसम्म हुने प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एवं धनकुटा महोत्सव प्रधानमन्त्री दाहालले उद्घाटन गर्ने पक्कापक्की भएको हो ।

उद्योग वाणिज्य संघका पदाधिकारीसहित धनकुटाको टोलीले सिंहदरवार पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेटी महोत्सवको उद्घाटन गर्न निमन्त्रणा गरेको थियो । संघको टोलीले दिएको निमन्त्रणालाई स्वीकार गर्दै महोत्सव उद्घाटनका लागि प्रधानमन्त्री प्रचण्ड तयार भएको उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष विजय सन्तोषी राईले बताए ।

प्रधानमन्त्री प्रचण्डलाई भेट्न मन्त्री राजेन्द्रकुमार राई, प्रदेश सांसद इन्द्रमणी पराजुली, निवर्तमान प्रदेश सभा सदस्य कुसुम श्रेष्ठ, पूर्वमन्त्री धनमाया विश्वकर्मा, कांग्रेस जिल्ला अध्यक्ष दिनेश राई लगायत सहभागि थिए ।

पछिल्ला केही दिनयता संघका पदाधिकारीहरु महोत्सव सफल बनाउन उद्योग बाणिज्य संघले प्रचार प्रसार अभियान तीव्र बनाएको छ । सोही क्रममा काठमाडौंमा रहेका व्यवसायी, धनकुटेली र अन्य सरोकारवालासँग पनि विभिन्न चरणमा भेटवार्ता गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...