‘मिष्टर ग्लोवल’मा नेपालको प्रतिनिधित्व नूतनले गर्ने

Nutan 20

काठमाडौँ । ‘मिष्टर नेपाल वल्र्ड’ नूतन श्रेष्ठले ‘मिष्टर ग्लोवल’ मा नेपालको प्रतिनिधित्व गर्ने भएका छन् ।

श्रेष्ठलाई नेक्स्ट मोडल्स नेपालले उक्त प्रतियोगीतामा पठाउन लागेको हो । यो बर्ष ‘मिष्टर वल्र्ड’ आयोजना नहुने भएकोले श्रेष्ठलाई ‘मिष्टर ग्लोवल’ मा पठाउन लागेको नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले बताए ।

अगामी फेब्रुअरी २ देखि १२ तारिकसम्म थाइल्याण्डमा आयोजना हुने प्रतियोगीता उनी नेपाली कलासंस्कृति सहित सहभागी हुन लागेका हुन् । जसका लागि उनले प्रशिक्षणदेखि बिभिन्न तयारी समेत गरिरहेका छन् । करिब ६० बढी देशका पुरुषहरुको सहभागीता रहने ‘मिष्टर ग्लोवल’ प्रतिष्ठित सौदर्य प्रतियोगीता मानिन्छ ।

श्रेष्ठ ‘मिष्टर नेपाल वल्र्ड २०२२’ का विजेता पनि हुन् । ‘मिष्टर नेपाल’ पुरुषहरु सहभागी हुने नेपालकै प्रतिष्ठित र ठुलो प्रतियोगिता हो । २६ बर्षका श्रेष्ठले ३५ प्रतिष्पर्धीलाई पछि पार्दै उपाधि चुमेका थिए ।

‘मिष्टर ग्लोवल’ को उपाधि नेपाल भित्र्याउने लक्ष्य सहित प्रतियोगीतामा आफु सहभागी हुन लागेको श्रेष्ठले बताए । ‘उपाधिको अलवा नेपाली कलासंस्कृति, प्रर्यटन प्रवर्धन समेत प्रतियोगीतामा गर्नेछु’ उनले थपे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...