पोखरा अन्तराष्ट्रिय विमानस्थल आजदेखि आयो सञ्चालनमा, प्रचण्डले गरे उद्घाटन
पोखरा । पोखरा अन्तराष्ट्रिय विमानस्थल आजदेखि सञ्चालनमा आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार विमानस्थलको उद्घाटन गरेका हुन् । पर्यटकीय नगरी पोखरामा आयोजित विशेष समारोहमा पानसमा दिप बालेर प्रधानमन्त्री दाहालले सो अन्तराष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन गरेका हुन् ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन समारोहमा निम्तो गर्दै महानगरपालिकाले सार्वजनिक बिदाकै घोषणा गर्यो भने महानगरले टोलरटोलबाट झाँकी, र्यालीसहित सहभागी हुन आह्वान नै गरेको थियो ।
समुद्घाटन समारोहमा जनसहभागिता व्यापक रहोस् भन्ने उद्देश्यले कार्यालयका सबै सेवा र शैक्षिक संस्थासमेत बन्न रहने सूचना महानगरले जारी नै गरेको थियो । महानगरको आह्वान स्वीकार गर्दै बिहान १० बजेदेखि पोखरेलीहरुको विमानस्थल छिर्न चाप सुरु हुन थाल्यो । ११ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने भनिएको कार्यक्रम साढे १ बजेतिरमात्रै सुरु हुन पुग्यो ।
उद्घाटन समारोहमा यसरी जनसागर उर्लियो कि अन्तर्राष्ट्रिय विमानस्थलको मुखमै पनि हजारौंलाई व्यवस्थित गर्न ट्राफिक प्रहरीलाई हम्मेहम्मे परेको थियो । पवििमानस्थलदेखि पृथ्वीचोक छिचोल्नै २ घन्टासम्म जाम बस्नुपर्दा यात्रुहरुले ठूलो सास्ती पनि खेपे ।
उनले आफू देशको प्रधानमन्त्री भएको एक हप्तामै आफ्नो जन्म जिल्लामा उद्घाटन गर्न पाएकोमा खुसी व्यक्त गरे । योसँगै अब हवाइ यातायातलाई पोखराबाट ठूला केन्द्रमा जोड्न सहयोग पुग्ने बताए ।
आफू पहिलो र दोस्रो पटक प्रधानमन्त्री हुँदा चिनियाँ अधिकारीसँग विमानस्थल बनाउन पहल गरेको पनि उनले स्मरण गरे । ‘मैले गण्डकी प्रदेशकै प्रतिनिधि र जन्म जिल्लामा उद्घाटन गर्न पाएको छु’, प्रधानमन्त्री दाहालले भने, ‘सामाजिक न्याय, सुशासन र विकासमा नै आफ्नो ध्यान दिने बताए ।’ प्रधानमन्त्री दाहालले करिब ५ दशकअघि पोखरा विमानस्थल बनाउन पहल गर्ने शंकरराज पाठक आफ्ना गुरु भएको बताए ।
उद्घाटन समारोहमा पूर्वउड्डयनमन्त्रीहरूलाई सम्मान गरिएको छ । त्यस्तै विमानस्थल निर्माणमा सहयोग पुर्याउने इन्जिनियर, कर्मचारीलाई प्रधानमन्त्रीबाट सम्मान गरिएको छ ।
प्रतिकृया दिनुहोस