प्रदेश १ मा २४ गते ५ बजेभित्र नयाँ सरकार बनाउन प्रदेश प्रमुखद्धारा आह्वान
विराटनगर । प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सरकार गठनका लागि आइतबार आह्वान गरेका छन् । सरकार गठनका लागि प्रस्ताव पेस गर्न प्रदेश प्रमुख खापुङले ८ दिनको समय दिएका हुन् ।
मंसिर ४ को निर्वाचनम कुनै पनि दलले बहमुत पुर्याउन नसकेपछि खापुङले संविधानको धारा १६८ को उपाधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलहरुलाई सरकार निर्माणका आह्वान गरेका हुन् ।
संविधानको धारा १६८ को उपधारा ९१० बमोजिम प्रदेश १ मा कुनै पनि दललाई बहुमत प्राप्त हुन नसकेकाले उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलले बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।
'मुख्यमन्त्री नियुक्त गर्नका लागि नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम प्रदेश नं. १ को प्रदेश सभामा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकोले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश नं. १ को प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश नं. १ को प्रदेश सभाको सदस्यलाई प्रदेश नं. १ को मुख्यमन्त्री नियुक्त गर्नका लागि मिति २०७९/९/२४ गते आइतबार बेलुकी ५:०० बजेभित्र दाबी पेस गर्न माननीय प्रदेश प्रमुखज्यूबाट आह्वान भएको छ', खापुङले भनेका छन् ।
संविधानको धारा १६८ को उपधारा ३ मा प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र उपधारा ९२० बमोजिम मुख्यमन्त्री नियुक्त हुन सक्ने अवस्था नभएमा वा त्यसरी नियुक्त मुख्यमन्त्रीले उपधारा ४ बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा प्रदेश प्रमुखले प्रदेशसभामा सबैभन्दा बढी सदस्यहरू भएको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने उल्लेख छ ।
उपधारा ४ मा उपधारा २ वा ३ बमोजिम नियुक्त मुख्यमन्त्रीले नियुक्त भएको मितिले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने व्यवस्था छ । प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको १६ दिन पछि प्रदेश प्रमुखले सरकार गठनका लागि आब्हान गरेका हुन । प्रदेश सरकार गठनमा ढिलाइ हुनुका साथै पुरानै सरकारको आयु लम्बिरहेको छ ।
प्रदेशमा कुनै दलको एकल बहुमत नभएकाले प्रदेश प्रमुखले दुई वा दुई भन्दा बढी दलको सहभागितामा बहुमतको सरकार बनाउन आह्वान गरेका हुन । प्रदेश १ मा सबे भचन्द्या ठुलो दल एमालेको ४० सिट रहेको छ । कांग्रेस २९ माओवादी केन्द्र १३, एकीकृत समाजवादी पार्टीको ४, जनता समाजवादी पार्टीको १ र राप्रपाको ६ सिट छ ।
एकल बहुमतको सरकार निर्माणको लागि ४७ सिट संख्या आवश्यक पर्छ । प्रदेश एकमा सरकार निर्माणको लागि प्रष्ट बहुमत पुग्ने अवस्था छैन ।तर केन्द्रमा फेरिएको समीकरण अनुसार एमाले र माओवादी मिलेमापनि सुविधासहितको सरकार गठन हुने अवस्था छ ।
त्यहाँ अहिले सात दलीय गठबन्धनमा रहेका एमालेका ४०, माओवादी केन्द्रका १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६ र जनता समाजवादीका १ सहित ६० सांसद हुन्छन् ।
प्रतिकृया दिनुहोस