पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि सञ्चालनमा आउने, आज पोखरामा सार्वजनिक विदा

Pokhara airport

काठमाडौं । आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भएको छ । सरकारले अंग्रेजी नयाँ वर्ष सन् २०२३ प्रारम्भको अवसर पारेर पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउन लागेको हो ।

अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनको खुसियालीमा पोखरा महानगरले आइतबार सार्वजनिक बिदा घोषणा गरेको छ । राष्ट्रिय गौरवको आयोजना सम्पन्न भएको खुसीमा बिदा दिइएको यो सम्भवतः पहिलो पटक हो । उद्घाटन समारोहमा स्थानीयको व्यापक सहभागिताका लागि महानगरका कर्मचारी, शिक्षकलगायत सबैलाई अनिवार्य उपस्थितिको आह्वान गरिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहान ११ बजे विमानस्थल उदघाटन गर्ने कार्यक्रम छ । उद्घाटनका दिन हिमालय एयरलाइन्सले ‘डेमो’ उडान गर्ने भए पनि अन्तर्राष्ट्रिय उडान भने फेब्रुअरी २३ देखि दैनिक १८ घन्टा उडान हुने छ । बिहान पहिलो उडानबाट विमानस्थलमा अवतरण गर्ने जहाजका चालक दल तथा यात्रुलाई फूलमालाले स्वागत गरिने छ ।

अमरसिंह चोकदेखि विमानस्थलसम्म विभिन्न जातजातिको साँस्कृतिक झाँकीसहित र्याली निकाल्ने तयारी छ । विमानस्थलको परिकल्पना गरी जग्गा अधिग्रहण सुरु गरेका तत्कालीन अञ्चलाधीश शंकरराज पाठकलाई अभिनन्दन गर्ने कार्यक्रम रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक बिक्रम गौतमले बताए ।

पुरानो विमानस्थलदेखि तीन किलोमिटर पूर्व छिनेडाँडा क्षेत्रको २ सय हेक्टर क्षेत्रफलमा करिब २२ अर्ब रुपैयाँ चिनियाँ ऋण लगानीमा सीएएमसी इन्जिनियरिङ कम्पनीले ११ अगष्ट २०१७देखि विमानस्थल निर्माण सुरु गरेको थियो । नयाँ विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा आउनुअघि पुरानो विमानस्थलबाट जोमसोम चल्ने साना जहाज, हेलिकोप्टर र अल्ट्रालाइट चल्नेछन् । त्यसपछि ६ दशक पुरानो विमानस्थल पूर्णरूपमा विस्थापित हुनेछ ।

चीनको नयाँ आधुनिक अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण पोखरावासीको पचास वर्षदेखिको सपना साकार भएको भन्दै काठमाडौंस्थित चिनियाँ दूतावासले बधाई दिएको छ । उसले भनेको छ, ‘यो नेपाल चीन बीआरआई सहयोगको प्रमुख परियोजना हो, नेपाल सरकार र नेपाली जनतालाई हार्दिक बधाई ।’

विमानस्थलमा ११ जहाज पार्किङ गर्न सकिनेछ, जसमा अन्तर्राष्ट्रियतर्फ तीनवटा र बाँकी साना जहाज हुनेछन् । वार्षिक आठ लाख यात्रु आवागमन हुने विमानस्थलको आन्तरिकतर्फ दैनिक ४८ र अन्तर्राष्ट्रियतर्फ ६ वटा उडान तथा अवतरण गर्ने क्षमता छ ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि २०३२ मा जग्गा अधिग्रहण सुरु भएको थियो । त्यतिबेला ३ हजार १ सय ६ रोपनी जग्गाको मुआब्जा दिई अधिग्रहण गरिएको थियो । हाल ३ हजार ८ सय ९९ रोपनीमा विमानस्थल निर्माण भएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...