भेडेटारमा शुरु भयो परिकार महोत्सव, सांस्कृतिक झाँकीले बढ्यो आकर्षण

Khana mahorsab vedetar

धनकुटा । धनकुटाको भेडेटारमा शनिबारबाट १० औं परिकार महोत्सव सुरु भएको छ । अंग्रेजी नयाँ वर्ष २०२३ को अवसर पारेर होटल एसोसिएसन भेडेटारले ‘फुड फेस्टिभल’ अर्थात परिकार महोत्सव आयोजना गरेको हो ।

पूर्वको चर्चित पर्यटकीय स्थल भेडेटारमा शनिबारदेखि शुरु भएको परिकार महोत्सवमा सांस्कृतिक झाँकीले आकर्षण बढाएको छ । फेस्टिभल उद्घाटनका अवसरमा राई, लिम्बु, मगर, नेवार लगायत जातिका जातीय नृत्यहरू प्रदर्शन गरिएको छ ।

‘भेडेटार प्रकृतिको गहना पर्यटक भित्र्याउँने हाम्रो चाहना’ नारासहित सुरु भएको फेस्टिभलमा जातीय खानेकुराका परिकार, सांस्कृतिक कार्यक्रम, हेलि टुर, जिपलाइन तथा प्याराग्लाइडिङ मुख्य आकर्षणको रुपमा छन् ।

तीन दिनसम्म चल्ने फेस्टिभलमा करिब ३० हजार पर्यटक भित्र्याएर एक करोड बराबरको आर्थिक कारोबार गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ । मौलिक परिकारसहितका स्टल समावेश छन् । पूर्वको प्रमुख पर्यटकीय स्थल भेडेटारमा फेस्टिभलका लागि नेपालका बिभिन्न जिल्लासहित छिमेकी मुलुक भारत, सिंगापुर, नेदरल्यान्ड्स र अमेरिका लगायतबाट पनि पर्यटक सहभागी भएको आयोजकले जनाएको छ ।

प्रदेश सभा सदस्य निरन राईले फेस्टिभल उद्घाटन गरेका छन् । फेस्टिभल उद्घाटन गर्दै सांसद राईले पर्यटन प्रवर्द्धनका लागि फेस्टिभलले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । कार्यक्रममा साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली, उद्योग बाणिज्य संघका अध्यक्ष विजयसन्तोषी राई लगायतले पर्यटन प्रवर्द्धनमा फेस्टिभल महत्वपूर्ण सावित हुनेमा जोड दिए ।

ओझेलमा परेका ऐतिहासिक, धार्मिक, साँस्कृतिक पराम्परागत तथा पर्यटकीय स्थलहरूको प्रचारप्रसार महोत्सवमार्फत हुने आयोजकको दावी छ । सो महोत्सवमा साँगुरीगढी गाउँपालिकाले कृषि मेला प्रदर्शनी समेत गरेको छ ।

साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले कोरोनापछिको आर्थिक मन्दीलाई चलायमान गराउन महोत्सवले सहयोग पुग्ने बताए । भेडेटार घुम्न आउने आगन्तुकहरूलाई प्याराग्याइडिङ, माउण्टेन वाइक र टुर प्याकेजको व्यवस्था गरिएको छ ।

महोत्सवमा आउने पर्यटकहरूलाई साँगुरीगढी गाउँपालिका भित्र रहेको साँगुरीगढी, पाथीभरा मन्दिर, शंखेश्वर महादेवको मन्दिर, नाम्जे, नमस्ते झर्ना, शैलुङडाँडा, आत्म बस्ने घर थुम्की, बौद्धविहार गुम्बा ध्वाजे डाडा  अजङगको बरको रुख लगायतका ठाउँमा घुमाइने जनाइएको छ ।

अंग्रेजी नयाँ वर्षको अवसर पारेर हरेक वर्ष भेडेटारमा फेस्टिभल आयोजना गरिदै आएको छ । कोरोना महामारीका कारण यसअघि केही वर्ष फेस्टिभल प्रभावित भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...