पुनः अघि बढ्ने भयो निर्मला पन्त हत्या प्रकरण, बन्यो अर्काे समिति

Nirmalaa panta

काठमाडौं । लामो समयसम्म पनि कञ्चनपुरकी बालिका निर्माला पन्तको हत्यामा संलग्न व्यत्तिःको पत्ता लाग्न नसकिरहेका बेला निर्मला हत्या प्रकरणमा अनुसन्धानका लागि फेरि नयाँ समिति गठन भएको छ । गृहमन्त्रीको कार्यभार सम्हाल्दा नै लामिछानेले निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने निर्णयमा हस्ताक्षर गरेका थिए ।

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको उल्टाखामकी किशोरी निर्मला पन्तबारेको अनुसन्धानबारे उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई ब्रिफिङ गरेका थिए । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनका आधारमा अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालय, नक्सालले नयाँ अनुसन्धान समिति गठन गरेको हो ।

१० साउन २०७५ मा कञ्चनपुरको भीमदत्त नगरपालिका २, उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको शव भेटिएको थियो । कक्षा ९ मा पढ्ने बालिका निर्मलाको बलात्कारपछि हत्या भएको अनुसन्धानबाट देखिएको थियो ।

प्रहरीले घटनाको २५ दिनपछि मुख्य आरोपीका रुपमा स्थानीय दिलीपसिंह विष्टलाई सार्वजनिक गरेको थियो । तर, स्थानीयले उनी मानिसक रोगी भएको दाबीसहित घटनामा संलग्न हुन नसक्ने बताउँदै आन्दोलन चर्काएका थिए । त्यसक्रममा प्रहरीको गोली लागेर एकजनाको मृत्यु पनि भएको थियो ।

तत्कालीन अनुसन्धान अधिकृतहरुले निर्मलाको ‘भजाइनल स्वाब’ प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाएका थिए । त्यसबाट निकालिएको डीएनएसँग निर्मलाको डीएनए म्याच नभएपछि २६ भदौमा उनी छुटेका थिए ।

हालसम्म प्रकरणमा प्रहरीले ११५ जना शंकास्पदको डीएनए जाँच गरेको छ । तर कोहीसँग म्याच भएन । तत्काली प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको कार्यकालको अन्तिममा विष्ट नै आरोपी भएको निष्कर्षसहित उनलाई पुनः नियन्त्रणमा लिने प्रयास भएको थियो ।

निर्मलाकी आमाले दुर्गादेवी विष्टविरुद्ध किटानी जाहेरी पनि दिएकी थिइन् । तर, घटना गिजोलिएको भन्दै थप आधारविना उनलाई पक्राउ गर्न नसकिने निष्कर्षसहित अनुसन्धान अधिकृतहरुको टोली पछि हटेको थियो ।

गृहमन्त्रीको निर्णय कार्यान्वयनका क्रममा प्रहरी प्रधान कार्यालय, नक्सालले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) की प्रहरी नायब महानिरीक्षक (डीआईजी) दुर्गा सिंहको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिमा ब्यूरोका प्रहरी उपरीक्षक (एसपी) कमल थापा, प्रहरी निरीक्षक (इन्स्पेक्टर) धिरेन्द्र रोकाया, मनोचिकित्सकसहितका सदस्यहरु छन् ।

सिंह प्रहरी उपरीक्षक (एसपी) हुँदा पनि कञ्चनपुर पुगेर निर्मला हत्या प्रकरणको अनुसन्धानमा खटिएकी थिइन् । अन्य सदस्यहरु पनि यसअघि घटनाको अनुसन्धानमा संलग्न अधिकृतहरु हुन् ।

ब्रिफिङमा सहभागी एक अधिकृतका अनुसार त्यसक्रममा अधिकृतहरुले डीएनएमा मात्र भर पर्दा अनुसन्धान अलपत्र परेको बताएका थिए । उनीहरुले अहिलेसम्मको वस्तुस्थिति बताउँदै फेरि नयाँ शिराबाट अनुसन्धान थालिएको बताएका थिए ।

प्रहरी स्रोतका अनुसार हालसम्म प्रकरणमा प्रहरीले ११५ जना शंकास्पदको डीएनए जाँच गरेको छ । तर कोहीसँग म्याच भएन । तत्काली प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको कार्यकालको अन्तिममा विष्ट नै आरोपी भएको निष्कर्षसहित उनलाई पुनः नियन्त्रणमा लिने प्रयास भएको थियो ।

निर्मलाकी आमाले दुर्गादेवी विष्टविरुद्ध किटानी जाहेरी पनि दिएकी थिइन् । तर, घटना गिजोलिएको भन्दै थप आधारविना उनलाई पक्राउ गर्न नसकिने निष्कर्षसहित अनुसन्धान अधिकृतहरुको टोली पछि हटेको थियो ।

प्रहरी अधिकृतहरुको ब्रिफिङ सुनेपछि उपप्रधान एवं गृहमन्त्री लामिछानेले घटनालाई तथ्यगत प्रमाणका आधारमा टुंगोमा पुर्याउन निर्देशन दिएका छन् । उनले भनेका छन्, ‘यसका लागि तपाईंहरुलाई जुनसुकै सहयोग गर्न तयार छौं ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...