काठमाडौँ उपत्यकामा बढ्यो चिसो, न्यूनतम तापक्रम ३.४ डिग्रीमा झर्‍यो

Chiso ktm

काठमाडौं । काठमाडौंको न्यूनतम तापक्रम बुधबार यो वर्ष अहिलेसम्मकै कम मापन भएको छ । मौसमविद् राजु प्रधानांगका अनुसार काठमाडौंको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस मापन भएको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान प्रदेश १ को पहाडी भू–भागमा आंशिक बदली रही सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका भू–भागमा हुस्सु तथा कुहिरो लागेको छ । बाँकी भागमा भने मौसम सामान्यतया सफा रहेको छ ।

पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावले दिउँसो प्रदेश १ को हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। अन्य भू–भागमा मौसम आंशि देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राति प्रदेश १ को हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

यस्तो छ ३ दिनको मौसम अनुमान
मौसम विश्लेषण : हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ।

हाल मौसमको अवस्था : देशको प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली रही सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका भूभागमा हुस्सु/कुहिरो लागेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा छ।

पुस १३ गते बुधबार
दिउँसो : प्रदेश १ को पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ को हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति : प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ को हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

पुस १४ गते बिहीबार
दिउँसो ː प्रदेश १ र सुदूर पश्चिम प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशको पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहनेछ। प्रदेश १ को हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति : देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहनेछ। प्रदेश १ र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

पुस १५ गते शुक्रबार
दिउँसो ː देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना देखिन्छ।

राति : देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना देखिन्छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। देशका अधिकांश भूभागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने तथा तराईका केही भूभागमा हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको हुनाले दैनिक जीवन र सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन हुन अनुरोध छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...