धनकुटा महोत्सव सफल बनाउन छलफल अभियान तीव्र
धनकुटा । धनकुटामा माघ पहिलो साता हुने प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एवं धनकुटा महोत्सव सफल बनाउन आयोजक संस्था धनकुटा उद्योग बाणिज्य संघले अभियान तीव्र बनाएको छ ।
संघले सोही क्रममा वितरक संघसँग आज हिलेमा अन्तरक्रिया गरेको छ । सो क्रममा संघले वितरक संघ धनकुटाका पदाधिकारी तथा सदस्यहरुले सहयोगको आशा गर्दै महोत्सव सफल पार्न आग्रह गरेको छ ।
सो अवसरमा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एवं धनकुटा महोत्सव २०७९ धनकुटाको प्रतिष्ठासँग जोडिएकोले वितरक संघ धनकुटालाई सहयोग गर्न अनुरोध गरे ।
वितरक संघ धनकुटाका अध्यक्ष तथा धनकुटा उद्योग बाणिज्य संघका उपाध्यक्ष कृष्णराज शाक्यको अध्यक्षतमा सम्पन्न भएको सो अन्तरक्रियामा धनकुटा उद्योग बाणिज्य संघका उपाध्यक्षहरु खगेन्द्र विष्ट, निर्मला राई, वरिष्ठ उद्यमी बिष्णु माया कन्ङ्गवा, कार्यकारी सदस्यहरु दिजेश शाक्य, विपिन थापाले धनकुटा महोत्सवले धनकुटाको व्यापार व्यावसाय प्रवद्धनमा ठूलो सहयोग पुग्ने बताउदै महोत्सवमा सफल पार्न सहयोगका लागि आग्रह गरे ।
धनकुटा वितरक संघका उपाध्यक्ष सुन्दर आर्चाय, महासचिव दिजेश शाक्य, सचिव उज्वल कटेल, कोषाध्यक्ष विपिन थापा, सदस्यहरु गोविन्द्र दाहाल, उत्सव कट्टेल, गणेश पौडेल, पारस कटुवाल, रमेश वराल, सुसन श्रेष्ठ, कृष्ण जोशी, जनक पाण्डे, अर्जुन वस्नेत, राजेन्द्र वस्नेत लगायतका सदस्यहरुले धनकुटा महोत्सव सफल बनाउन सहयोग गर्ने प्रतिवद्धता जनाए ।
औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एवं धनकुटा महोत्सवमा प्रदशनी आगामी माघ ६ गतेदेखि माघ १६ गतेसम्म धनकुटा टुडिखेलमा संचालन हुने भएको छ ।
प्रतिकृया दिनुहोस